Friday, May 10, 2013

Tagged Under:

प्लेब्वाई आर्यनसँग एक बर्षमा बिहे गर्छु : सपना (अन्तर्वार्ता भिडियो)

By: Unknown On: 3:43 AM
  • Share The Gag
  • नायक आर्यन सिग्देलले एक कार्यक्रममा प्रेमिकालाई नै लिएर गएपछि यसको चर्चा बजारमा निक्कै चल्यो । अनलाइनखबर मार्फत आर्यन र उनकी प्रेमिकाको तस्बिर सार्वजनिक भएपछि यसले सर्वत्र चर्चाको बिषय पायो । जोरपाटी निवासी सपना भण्डारीसँग आर्यन २ बर्षयता प्रेममा डुबेका छन् । सपना र आर्यन अहिले प्रायसँगै हुने गर्छन् । आर्यनसँगको प्रेमको बारेमा खुलेरै कुरा गर्ने सपनाले अनलाइनखबरसँग पनि कुराकानी गरेकी छिन् । उनीसँग अनलाइनखबरले गरेको छोटो कुराकानी यसप्रकार छ :१. कसरी भेट भयो आर्यनसँग ?

    आर्यन र मेरो भेट फेसबुक मार्फत भएको हो । फेसबुकमा उहाँले रिक्वेष्ट पठाएपछि कुरा हुन थालेको हो ।

    २. प्रपोज पहिले कसले गर्‍यो त ?

    प्रपोज उहाँले नै पहिले गर्नु भएको हो ।

    ३. फेसबुकमा कुरा भएको कत्ति समय पछि प्रपोज गर्नु भयो त ?

    हामीले फेसबुकमा कुराकानी गर्न थालेको ९ महिना पछि मात्र भेटेका हौ । फेसबुकमा नम्बर साटासाट भएपछि लामो समयसम्म फोनमा कुरा भयो ।

    ४. आर्यन सिग्देललाई नायकको रुपम चिन्नुभएको थियो ?

    उहाँलाई फेसबुकमा भेट्नु भन्दा १ महिना अघि हिरो हो भन्ने थाहा पाएको थिए ।

    ५. आर्यन सिग्देललाई त सिनेमा नगरीमा ‘प्ले ब्वाई’ भन्छन् नि थाहा पाउनु भएको छ ?

    मैले पनि धेरै सुनेको छु । तर मैले उहाँसँग संगत गरिसकेपछि त्यस्तो पाइन । उहाँको व्यवहार धेरै मन पर्‍यो मलाई ।

    ६. अब बिहे गर्ने योजना पनि त होला नि हैन ?

    पक्कै पनि हामीले सल्लाहा गरिसकेका छौ । हामी १ बर्ष भित्रमा बिहे गर्छौ ।

    0 comments:

    Post a Comment