Showing posts with label health news. Show all posts
Showing posts with label health news. Show all posts

Monday, September 16, 2013

डण्डीफोरबाट मुक्ति पाउन चाहनुहुन्छ ? यी तरिका अपनाउनुस''

By: Unknown On: 9:38 PM
  • Share The Gag
  • ''मानिसको सुन्दरता झल्काउने अनुहारमा आउने डण्डिफोरले मानिसको रूप तथा सुन्दरतालाई नै बिगारिदिन्छ । डण्डिफोरका कारण तपाईमध्ये धेरै पिडित हुनुभएको हुन सक्छ ।''
    डण्डीफोरबाट मुक्ति पाउन चाहनुहुन्छ भने यी उपायहरू गर्नुस्…
    - डण्डिफोर आएको ठाऊँमा दाँत माझ्ने पेष्ट दलिदिने ।''
    - डण्डिफोर आएको ठाऊँमा हलेदोको पेस्ट दल्ने । हलेदोको पेस्ट बेलुका सुत्ने बेला लगाउने र बिहान उठेपछि पखाल्ने ।'
    - डण्डीफोर आएको ठाऊँमा मह दल्ने । यसले ब्याक्टेरिया मार्छ र थप ईन्फेक्सन हुनबाट जोगाउँछ।''
    - चीयाको तेलको डण्डीफओर आएको ठाऊँमा लगाउने, यसले पनि ब्याक्टेरीया मार्ने काम गर्छ । तलको बक्समा क्लिक गर्नुहोस।''

    Sunday, September 15, 2013

    धक फुकाएर रुनुका फाइदै फाइदा

    By: Unknown On: 2:13 AM
  • Share The Gag
  • धक फुकाएर रुँदा मन हलुंगो हुन्छ, पीडा कम हुन्छ अनि शितल हुन्छ । रुनुको लाभ केवल रुने मान्छेले मात्र अनुभुत गर्न सक्ने भएपनि सामान्य बुझाइमा रुनुलाई सामाजिक, शारीरिक तथा मानसिक रुपमा राम्रो मानिँदैन । तर मनोवैज्ञानिकहरुले भने धक फुकाएर रुनुका विभिन्न खाले फाइदा हुने बताएका छन् । रुनुका फाइदा यस्ता छन् :
    रुँदाखेरि बग्ने आँशुले आँखाको दृष्टि क्षमतामा सुधार ल्याउँछ । कहिलेकाहीँ आँखामा डिहाइड्रेसन हुँदा दृष्टि धमिलो हुन्छ । त्यस्तो बेलामा आँशुले आँखाको झिल्लीमा पानीको पर्याप्तता सिर्जना गर्छ र हामीले प्रष्ट देख्न सक्छौँ ।
    ?
    आँशुले आँखालाई सफा गर्न समेत मद्दत गर्छ । आँखामा विभिन्न खाले जिवाणु रहेका हुन सक्छन् । आँशुमा हुने जिवाणु प्रतिरोधी तत्वले जिवाणु नष्ट गरिदिन्छ । आँशुमा जिवाणु नाशक लाइसोजोम नामक तत्व हुन्छ ।
    रुनाले तनावबाट धेरै हदसम्म मुक्ति मिल्छ, चाहे त्यो क्षणिक नै किन नहोस् । मानिसको भावनात्मक आँशुले सरीरमा तनाव सिर्जना गर्ने हर्मोनको उत्सर्जन कम गर्छ ।
    सामान्य आँशुमा ९८ प्रतिशत पानी हुन्छ । तर भावनात्मक आँशुमा तनावको हर्मोन समेत मिसिएको हुन्छ । आँशुमा केही विषाक्त पदार्थ पनि हुन्छन् । त्यसैले आँखाबाट आँशु निस्कँदा सरीरभित्र रहेका त्यस्ता विषाक्त पदार्थ समेत निष्कासन गर्न सहयोग पुग्छ ।
    आँखामा जलन भएको बेला आँशु बग्यो भने जलन कम हुन्छ ।
    नियमित रुपमा रुने बानीले उच्च रक्तचाप, मोटोपन तथा मधुमेह जस्ता समस्यासँग जुध्ने क्षमता बढ्ने विज्ञहरु बताउँछन् ।
    निकै तनाव तथा दुखपूर्ण अवस्थाबाट गुजि्ररहेको अवस्थामा धक फुकाएर रुनाले शान्ति मिल्छ र पीडामा मलहम लागेको महसुस हुन्छ ।
    त्यसैले अब लुकेर होइन मज्जाले देखाएरै रुनुहोस् । रुनु कमजोरीको प्रतिक होइन स्वास्थ्य लाभ गर्ने तरिका पनि हो ।

    कामवासना बढाउने केही खानेकुरा

    By: Unknown On: 2:07 AM
  • Share The Gag
  • कामवासना भन्ने कुरा यौनिक रुपमा स्वस्थ व्यक्तिको अनिवार्य विषय हो । स्वस्थ व्यक्तिमा यौनचाहना व्यक्तिमा अनिवार्य रुपमा हुनुपर्छ र भएन भने त्यसले व्यक्ति यौनिक रुपमा अस्वस्थ छ भन्ने कुरा इंगित गर्छ ।
    मानिसले यौन क्षमता बढाउन विभिन्न खाले उपाय अपनाउछन् । हामीले यहाँ त्यस्ता केही खानेकुराको सूचि प्रस्तुत गरेका छौँ जो मानिसमा कामवासना बढाउन कामयावी हुन्छन् -
    ?

    वाइनको सेवनले महिला र पुरुष दुबैमा कामवासना तथा यौन क्षमतामा वृद्धि गर्छ ।
    केरामा भिटामिन ए, बि, सी, पोटासियम, लगायतका तत्व प्रसस्त मात्रामा पाइन्छ । भिटामिन बी र पोटासियम सरीरमा सेक्स हर्मोनको उत्पादन बढाउन सहयोगी हुन्छन् ।
    तराइका थारु आदिवासीले खाने घुँघीको सेवनले मानिसमा यौनक्षमता बढाउन निकै सहयोग गर्छ । घुँघीमात्र नभएर अन्य सी फूडको सेवनले पनि मानिसमा यौनक्षमतामा वृद्धि गर्छ ।
    लसुनको नियमित सेवनले कामवासनामा वृद्धि गर्छ । लसुनमा पाइने एलिसिन नामक तत्वले यसमा भूमिका निर्वाह गर्छ ।
    कुरिलो निकै पौष्टिक तरकारी त हो नै यसले मानिसमा यौन क्षमता बढाउन पनि ठूलो सहयोग गर्छ । यसमा विभिन्न खाले भिटामिनका साथै पोटासियम लगायतका तत्व पनि पाइन्छ । यसरी सरीरमा रक्तसंचार सन्तुलित गराउँछ ।
    चकलेटको भोजनले पनि मानिसमा यौन क्षमतामा वृद्धि गर्न सहयोग पूराउँछ । चकलेटमा फेनिलेथाइलामाइन तथा सेरोटोनिन नामक तत्व पाइन्छ । यसले सरीरमा उर्जा बढाउनुका साथै चरम आनन्द प्राप्तिमा पनि सहयोगी हुन्छ ।
    तुलसीको पातको रस नियमित खाने गर्नाले मानिको यौनक्षमतामा वृद्धि हुन्छ ।
    खुर्सानीको सेवनले पनि मानिसमा कामवासना वृद्धि गर्ने विभिन्न अध्ययनले देखाएका छन् । खुर्सानीमा पाइने क्याप्साइसिन तत्वले यसमा भूमिका खेल्छ ।

    Wednesday, September 11, 2013

    मोटरसाइकलले धोका दिँदा ४ महिना हिउँको बास

    By: Unknown On: 8:41 PM
  • Share The Gag
  • चार महिनासम्म हिउँ नै हिउँले भरिएको पर्वतमा फस्दा पनि एक पुरुष बाँच्न सफल भए । आखिर काल नआएपछि कस्को के लाग्छ र ? अर्जेन्टिनामा एक उरुग्वेली पुरुष ४ महिनासम्म हिउँमै अडि्कए तर जिउँदै बाहिर निस्किन सफल भए ।

    अधिकारीहरुका अनुसार एन्डिज पर्वत श्रृंखलामा ४ महिनासम्म फसेका ५८ वर्षका पुरुषको नाम राउल गोमेज हो । उनलाई उद्धार कर्मीहरुले उद्धार गरी सकुसल सुरक्षित स्थानमा ल्याएका छन् । उनलाई एन्डिज पर्वत श्रृंखलाको लोस पटोस भ्याली स्थित ४ हजार ५ सय मिटरको उचाइबाट उद्धार गरिएको हो ।

    उनलाई उपचारका लागि सेन जुआनस्थित अस्पतालमा लगिएको छ । चार महिनासम्म हिउँमा बसेका मान्छे जिउँदै हुनु चमत्कार रहेको डाक्टरहरुले बताएका छन् ।

    गएको मे महिनामा मोटरसाइकलमा चढेर उरुग्वेबाट चिलीतर्फ गइरहेको बेला बाटोमै मोटरसाइकल बिग्रेपछि उनको यस्तो हालत भएको रहेछ । बाटोमा मोटरसाइकल बिग्रेपछि उनले एन्डिज पर्वतलाई पैदलै पार गर्ने कोसिस गरे । त्यसै समय भारी हिमपात भयो, बाटो सबै पुरियो । अनि उनले बाहिर निस्कने बाटो पत्ता लगाउन सकेनन् र त्यहीँ अडि्कए ।




    Tuesday, September 10, 2013

    कुष्ठरोगीलाई तातो रगत, पिसाबमा कर !!!

    By: Unknown On: 1:40 AM
  • Share The Gag
  • विश्वमा मानव सभ्यताको इतिहासमा रोमन सभ्यता निकै चर्चित सभ्यता हो । आजभ्दन झण्डै २ हजार वर्ष पहिले रोमन सभ्यताको जगजगी थियो । रोमन सभ्यतालाई तत्कालिन अवस्थाको निकै विकशित सभ्यता मानिने भएपनि यो सभ्यतामा केही त्यस्ता प्रथाहरु कायम थिए जो सुन्दैमा पनि आङ जिरिंग हुन्छ ।

    रोमन सभ्यतामा मानिसको तातो रगतलाई रोगको उपचारमा प्रयोग गरिन्थ्यो । जब सैनिक युद्धमैदानमा ढल्थ्यो तब उसको सरीरबाट बगेको रगतलाई तत्काल कुनै भाँडोमा थापिन्थ्यो र जम्मा गरिन्थ्यो अनि त्यो रगतलाई विभिन्न खाले रोगको उपचारमा प्रयोग गरिन्थ्यो । त्यस्तै कुनै अपराधीलाई मृत्युदण्ड दिँदा जब उसको टाउको काटिन्थ्यो तब उसको सरीरबाट बगेको रगत भाँडोमा जम्मा गरिन्थ्यो । यस्तो रगतको प्रयोग कुष्ठरोगको उपचारमा गरिन्थ्यो ।

    रोमन सभ्यताको अर्को रोचक कुरा के भने त्यहाँ पिसाबको पनि कर लाग्थ्यो । इशाको पहिलो शताब्दीमा रोमन बादशाह वेस्पियनले पिसाब कर लगाएका थिए । त्यस समयमा पिसाब निकै मूल्यवान वस्तु थियो र त्यसलाई कपडा धूनका लागि प्रयोग गरिन्थ्यो । पिसाबको प्रयोग औषधिको रुपमा पनि गरिन्थ्यो । त्यसकारण सार्वजनिक सौचालयहरुबाट पिसाब संकलन गरिन्थ्यो र त्यस्तो संकलित पिसाबमा कर पनि लगाइन्थ्यो । अहिले रक्सी र सुर्तिमा लगाइए जस्तै उतिबेला रोमन सभ्यतामा पिसाबमा कर लाग्थ्यो ।

    रोमन साम्राज्यताका दायाँ भन्दा बायाँ हात चल्ने मानिसलाई राक्षसी स्वरुप मानिन्थ्यो । त्यस्तो मानिसलाई अविश्वसनीय तथा अशुभको प्रतिक मानिन्थ्यो ।

    रोमन सभ्यतामा उत्तेजित लिंग वा फालुलेसलाई भाग्यको प्रतिकका रुपमा लिइन्थ्यो । त्यसैले उत्तेजित लिंगको

    ककटेल रक्सीले १४ महिनादेखि हिक्क-हिक्क

    By: Unknown On: 1:36 AM
  • Share The Gag

  • हिक्क आउनु वा बाडुल्की लाग्नुलाई हाम्रो समाजमा कसैले सम्झेर यस्तो भएको हो भन्ने चलन छ । तर वैज्ञानिकहरुका अनुसार फोक्सोका मांशपेशी खुम्चिँदा हिक्क आउँछ । केहीबेरको हिक्कले नै हामीलाई थकाउँछ । हिक्क रोक्न अनेकथरी उपाय गर्न थालिहाल्छौँ । यदि १४ महिनासम्म लगातार हिक्क आइरने हो भने मान्छेको हालत के होला -

    विचरा एक आइरिस मानिसलाई यस्तै भएको छ । अघिल्लो वर्षो जुलाई महिनादेखि उनलाई निरन्तर बाडुली लागिरहेको छ । हरेक ७ सेकेण्डमा उनलाई हिक्क आउँछ । उनलाई सिंक्रोनस डायफ्राग्मीक डिर्सअर्डर नामक समस्याका कारण यस्तो भएको हो ।

    सन् २०१२ को जुलाइमा एक भोजमा सहभागी हुँदा त्यहाँ रहेको ककटेल रक्सी खाएपछि उनलाई हिक्का आउन थालेको हो । उनलाई यो चौध महिनामा ५० लाख २५ हजार पटक हिक्क आइसकेको अनुमान आफै गर्छन् उनी ३७ वर्षा डानियल केल्भिन यस्तो समस्याका कारण रातको समयमा विरलै सुत्न पाएका छन् । कहिलेकाहीँ उनी रातभर जागा रहेका छन् र रातमै हिँडडुल गरेका पनि छन् । आफ्नो बाडुल्कीले घरका जहान पनि सुत्न नसक्ने अवस्था भएपछि उनी कहिलेकाहीँ रातमा घर बाहिर निस्केर यताउति हिँड्छन् ।

    उनले आफ्नो यो हिक्का रोक्नलाई विभिन्न उपचार पनि गरिरहेका छन् । तर, उपचारले बीसको उन्नाइस गरेकेा छैन । कहिलेकाहीँ त आधा मिनेट जति स्वास नै फेर्न नसक्ने गरी छाती खुम्चिन्छ ।

    आफ्नो हिक्क कम गर्न उनले चिनी तथा भिनेगार खाने गरेका छन् । तर, यसले खासै निको भने गराएको छैन । उनले आफ्नो यो हिक्कको समस्याले आफ्नो मात्र नभै परिवारकै भविष्य संकटमा परेको भन्दै सहयोगका लागि अपिल गरेका छन् ।

    Sunday, July 28, 2013

    जन्मिँदा केटा, त्यसपछि केटी र आमा

    By: Unknown On: 7:44 PM
  • Share The Gag
  • जन्मिदा केटा भएको मान्छे भविष्यका के होला ? अवश्य पनि पिता अर्थात् बाउ । तर जन्मिँदा पुरुष भएर पनि कोही कोही मान्छे आमा समेत बन्दा रहेछन् । वास्तवमा जो कोहीका लागि यो कुरा सम्भव छैन । तर चिकित्सा विज्ञानको अद्भुत सफलतासँगै यस्तो असम्भव कुरा पनि सम्भव बनिदिएको छ ।

    भारतमा जन्मिँदा पुरुष रहेकी एक महिलाले बच्चा जन्माएकी छिन् । कर्नाटकको रोहतास जिल्लाकी ती महिलाले बच्चा जन्माएपछि चिकित्सा शास्त्रमा ठूलो उपलब्धी र आश्चर्यको रुपमा लिइएको छ ।

    सन् १९८५ सालमा जन्मिँदा जैविक रुपमा पुरुष रहेका उनी १२ वर्षको उमेर सर्जरी द्वारा लिंग परिवर्तन गरी सोनी नामकी महिला बनेकी थिइन । वास्वतमा उनी समलिंगी थिइन्, उनका भित्री अंग तथा स्वभाव महिलाका जस्ता थिए तर बाहिरी अंग भने पुरुषका थिए । सोही कारण उनका माता पिताले निकै खर्च गरेर शल्यक्रिया गराई उनको लिंग परिवर्तन गराए । उनी त्यसपछि छोराबाट छोरी बनिन् । उनको बिहेबारी पनि भयो ।

    लिंग परिवर्तन गराएपनि उनमा गर्भाधान हुन मुस्किल थियो । उनको श्रीमानले ९ वर्षसम्म उनको लगातार उपचार गराए र त्यसबीचमा उनको शल्यक्रिया पनि भयो । सोही उपचारको फलस्वरुप उनमा गर्भाधान भयो र बच्चा समेत जन्मिएको छ । उनले छोरी जन्माएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । श्रोत : एजेन्सी

    Thursday, July 25, 2013

    महिलाको पेटमा ५१ कण्डोम !

    By: Unknown On: 8:09 PM
  • Share The Gag
  • चोरका हजार दाउ भन्ने उखान नै छ । नेपालमा होस र क्यानडामा । लागू औषध औषधको कारोबार रोक्न धेरै प्रयास भएपनि तस्करी रोकिएको छैन ।क्यानडा एयरपोर्टका सुरक्षा अधिकारीहरु त्यसबेला आश्चर्यमा परे, जब एक नाइजेरियन महिलाको चेक जाँच थाले । उनको पेटबाट सुरक्षा अधिकारीहरुले हिरोइनले भरिएको ५१ कण्डोम भेटिएको छ । उनले ती हिरोइनले भरिएको कण्डोम प्रहरीबाट लुकाउन निलेका थिए ।नोभेम्बर ६ मा अमेरिका उड्न लागेकी ती महिलामाथि शंका लागेपछि पक्राउ गरेर एक्स-रेसहित जाँचका लागि अस्पताल लगियो ।त्यसक्रममा उनको पेटमा हिरोइनले भरिएको ५१ कण्डोम भेटिएको छ । उक्त कण्डोमलाई पेलेट्स नामले चिनिन्छ । अधिकारीहरुका अनुसार यसरी तस्करी गर्नेहरुको संख्या बढ्दो छ ।

    Wednesday, July 24, 2013

    मान्छे झैँ बोल्ने चुरोट

    By: Unknown On: 7:41 PM
  • Share The Gag
  • वैज्ञानिकहरुले बोल्ने चुरोटको आविष्कार गरेका छन् । चुरोटको बट्टा किन्ने बित्तिकै यो चुरोट बोल्न थाल्नेछ अनि क्रेतालाई चेतावनी दिनेछ । धुमपानको लतबाट मान्छेलाई छुटकारा दिलाउने अभिप्रायका साथ वैज्ञानिकहरुले यस्तो बोल्ने चुरोट बनाएका हुन् । यो चुरोटको प्याकेटले नै चुरोट किन्नेहरुलाई बोलेरै भन्नेछ ‘चुरोट पिउन छाड्नुहोस्, धूमपान स्वास्थ्यका लागि हानीकारक छ ।’

    यद्यपि चुरोटका बट्टामा धूमपान स्वास्थ्यका लागि हानिकारक हुने कुराको चेतावनी युक्त सन्देशहरु लेखिने भएपनि त्यस्तो लेख्य सामाग्रीप्रति धूमपानका अम्मलीहरुको ध्यान जाँदैन । त्यसैले लेखेर भन्दा बोलेर दिने चेतावनी अम्मलीहरुको दिमागमा घुस्ला की ? भनेर वैज्ञानिकहरुले यस्तो जुक्ति अपनाएका हुन् ।

    बेलायतको स्टर्लिंग विश्वविद्यालयका वैज्ञानिकहरुले बनाएको यो अनौठो चुरोटको बट्टामै एक सन्देश रेकर्ड गरेर राखिएको हुन्छ । जब कोही उपभोक्ताले चुरोटको प्याकेट खोल्न थाल्छ तब चुरोट बोल्न थाल्छ र धुमपान छाड्नका लागि अपिल गर्छ । वास्तवमा यो पहिलै रेकर्ड गरिएको आवाज हो ।

    चुरोटले फरर….. बोल्दै धूमपानका असरहरु, धूमपानका कारण लाग्ने रोगहरुका बारेमा समेत जानकारी दिन्छ । साथै धूमपानका कारण नपुंशकता हुने चेतावनी पनि दिन्छ र धूमपान छाड्न चाहनेहरुका लागि एक हेल्पलाइनका बारेमा समेत जानकारी दिन्छ ।

    बोल्ने चुरोटको आविष्कार गर्ने वैज्ञानिकहरुका अनुसार उनीहरुले १६ देखि २४ उमेर समूहका महिलामा यसको सफल परीक्षण समेत गरेका छन् ।

    ९ वर्षिया बालिकाले बच्चा जन्माएपछी (भिडियो हेर्नुहोस)

    By: Unknown On: 12:09 AM
  • Share The Gag

  • ९ वर्षिया बालिकाले बच्चा जन्माएपछी (भिडियो हेर्नुहोस)

    Tuesday, July 23, 2013

    पिसाब गर्दा गुप्तांगमा नागले क्वाप्पै

    By: Unknown On: 9:26 PM
  • Share The Gag
  •  हरे भगवान, कस्तो कस्तो पीडा खेप्नुपर्ने लोग्ने मान्छेको जातले ? इजरायलका एक पुरुषले लाखौँमा एक जनाले पनि भोग्नु नपर्ने पीडा भोग्नु परेको छ । धन्य मिति पुगेको रहेनछ र उनी बाँचे ।

    ट्वाइलेटमा पिसाब फेर्न लागेको बेला अकस्मात सर्पले उनको लिंगमा टोकेपछि उनी इन्तु न चिन्तु भए । त्यो सर्प ट्वाइलेटमै लुकेको रहेछ, उनले देखेनन् तर जब उनको लिंगमा डस्यो तब उनलाई असहय पीडा भयो । निहुरिएर हेर्दा देखे, डरलाग्दो सर्पले आफ्नो गुप्तांगमा धावा बोलिरहेको छ ।

    इजरायलको हाफियाका बासिन्दा ३५ वर्षे पुरुषलाई तत्कालै उपचारका लागि अस्पताल लगियो । उनले अहिले स्वास्थ्य लाभ गरिरहेका छन् । धन्य भाग्यले त्यो सर्प विषालु रहेनछ । उनले अहिले प्रत्यक्ष निगरानीमा उपचार भैरहेको र थप परीक्षणको आवश्यकता नभएकाले उनलाई छिटै अस्पतालबाट डिस्चार्ज गरिने रामबाम मेडिकल सेन्टरका प्रवक्ताले जनाएका छन् ।

    Thursday, July 18, 2013

    एकै युवतीको शरीरमा ४ वटा मृर्गौला

    By: Unknown On: 4:06 AM
  • Share The Gag
  • सामान्य रुपमा एक मानिसको शरीरमा मृर्गौला कति वटा हुन्छन् ? पक्कै पनि दुई वटा । के तपाईं एकै मानिसको शरीरमा ४ वटासम्म पनि मृर्गौला हुन सक्छ भन्ने कुरा पत्याउनु हुन्छ ? कुरा सुन्दा अपत्यारिलो लाग्न सक्छ । तर, यो वास्तविकता हो ।


    एक बेलायती युवतीको शरीरमा ४ वटा मृर्गौला भएको पाइएको छ । हालैमा बाहिर आएको एक मामिलाका अनुसार जेसिका कर्फी नाम गरेकी ती युवती पिसाव सम्बन्धी समस्या देखिएपछि चिकित्सककोमा पुगेकी थिइन् । उपचारपछि युवतीको दायाँ मृर्गौला खराब भएको पुष्टी भयो ।

    त्यसपछि अर्को एक परीक्षणमा उनको शरीरको दायाँ भागमा दुई मृर्गौला भएको पत्ता लाग्यो, जस मध्ये एक मृर्गौला खराब थियो । चिकित्सकले शल्यक्रिया गरेर उनको खराब भएको मृर्गौला निकालिदिए । सोही शल्यक्रियाकै बखत युवतीको शरीरमा ४ वटा मृर्गौला भएको पत्ता लाग्यो ।

    एक अन्तर्राष्ट्रिय समाचार अनलाईनका अनुसर गएको वर्षको जुन महिनामा उनको शल्यक्रियाका समयमा शरीरको दाया भागमा मात्रै तीन मृर्गौला भएको पुष्टी भएको थियो । एक वरिष्ठ मूत्र रोग विज्ञ रोबिन विवरले यस्तो घटना विश्वमै दुर्लभ भएको प्रतिक्रिया दिएको जनाइएको छ ।

    मृगौलाको शल्यक्रियापछि जेसिका तीन दिनपछि नै अस्पतालबाट डिस्चार्ज भएकी थिइन् । अहिले उनी पूर्ण रुपमा स्वस्थ्य भएकी जनाइएको छ ।

    Wednesday, July 17, 2013

    यी हुन् त्यस्ता मान्छे जो हावामात्रै खाएर बाँच्छन्

    By: Unknown On: 9:58 PM
  • Share The Gag

  • मान्छेलाई बाँच्नको लागि खाना खानुपर्छ । तर विश्वमा यस्ता मान्छे पनि हुँदा रहेछन् जो केवल हावा खाएर मात्र पनि बाँच्न सक्छन् ।

    झ्वाट्ट सुन्दा हाम्रै देशका लिटिल बुद्धको नाममा चर्चा कमाएका एक जना किशोर हुन् की भन्ने लाग्दा । महिनौँ नखाइ तपस्या गरेर बसेको भनिएका राम बहादुर बम्जनको यस्तो दाबी लगभग असत्य सावित भएको बेला नेसनल जियोग्राफिक च्यानलले हावामात्र खाएर बाँच्ने त्यस्ता अनौठा तथा अपत्यारिला मान्छे फेला पारेको छ । ती युवक हामीजस्तै दिनहुँ कामकाज गर्छन्, घुमफिर गर्छन् तर खाना भने खाँदैनन् । केवल स्वास फेर्दा लिएको हावा उनका लागि काफी छ ।

    सुन्दा विश्वास लाग्दैन । तर यो सत्य हो । श्रीलंकाका किरबी डे लनेरो त्यस्ता मान्छे हुन् जो हावा मात्र खाएर बाँच्न सक्छन् ।

    खबर अनुसार यी युवकले पछिल्लो पाँच वर्ष यता यस्तो समयतालिका पछ्याएका छन् जसमा उनले वर्षका १० महिनामा केवल ६-७ पटक मात्र खान्छन् । उनले पछिल्लो १० महिनामा केवल ७ पटक मात्र खाना खाएका छन् अर्थात् दश महिनामा केवल ५ सय क्यालोरी मात्र । जबकी एक जना सामान्य मान्छेले दिनमा ३ चोटी, महिनामा ९० चोटी तथा १० महिनामा ९ सय चोटी खाने गर्छ ।

    किरबी आफुलाई धेरै खाना खानु नपर्ने बताउँछन् । स्वास फेर्दा लिएको हावा तथा सूर्यको किरणबाट आफ्नो सरीरले उर्जा प्राप्त गर्ने दाबी उनको छ । उनको यो दाबी सही हो वा होइन र उनी दश महिनामा केवल ७ पटक मात्र खाएर कसरी बाँचेका छन् ? भन्ने कुराको अनुसन्धान गर्न वैज्ञानिकहरु जुटेका छन् । किरबी भने आफ्नो यो शक्ति इश्वरको बरदान भएको बताउँछन् । अरु मान्छेले जस्तै खाने हो भने आफु विरामी पर्ने र थाक्ने उनी बताउँछन् ।

    आफुलाई धेरै मान्छेले खाना नखाइ बाँच्ने उपाय हामीलाई पनि सिकाइदेउ भन्ने गरेको तर आफ्नो यो क्षमता इश्वरको देश भएकाले आफुले सिकाउन नसक्ने किरबी बताउँछन् ।
    हाम्रो सामाजिक संजाल मा साथी बन्न को लागि याँ click गर्नु होस् !

    Tuesday, July 16, 2013

    तुलसीको पात के-के को औषधि ?

    By: Unknown On: 9:37 PM
  • Share The Gag
  • भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

    हिन्दु धर्ममा तुलसीलाई भगवान विष्णुको प्रतिकको रुपमा लिइन्छ र यसको आफ्नै धार्मिक महत्व पनि छ । तुलसीको धार्मिक महत्व मात्र नभएर यसमा पाइने औषधीय गुणका कारण मानव स्वास्थ्यका लागि समेत यसको महत्व छ ।

    तुलसीमा औषधीय गुण पाइन्छ भन्ने कुरा हामीले सुनेकै कुरा हो । यद्यपि कस्ता कस्ता रोगका विरुद्ध तुलसीको सेवन लाभदायक हुन्छ भन्ने कुराको एकिन जानकारी नहुन सक्छ । यहाँ हामीले तुलसीको पात कस्तो कस्तो स्वास्थ्य समस्याको निराकरणमा उपयोगी सावित हुनसक्छ भन्ने जानकारी प्रस्तुत गरेका छौँ ।

    महिलाहरुमा महिनावारीको बेला यदि पेट तथा कम्मर दुख्ने समस्या बढि नै छ भने तुलसीको हरियो पातलाई पिँधेर रस बनाउनुहोस् अनि दिनहुँ १ चम्चा तुलसीको पातको रस पिउनुहोस् । तुलसीको पात पिँध्न झण्झट लाग्छ भने पात मज्जाले धोइपखाली गरेर चपाउँदा पनि हुन्छ ।

    बर्खाको समयमा रुघाखोकी, ज्वरो तथा पेटको समस्या बढि देखिने गर्छ । यस्ता समस्याको रोकथामका लागि दिनहुँ तुलसीका पातको सेवन लाभदायक हुन्छ । साथै रुघाखोकी लागेको बेला तुलसीको पात, बेसार, नुन मिलाएर पानीमा मज्जाले पकाएर उक्त पानी पिएमा रुघाखोकी र चिसो कम हुन्छ ।

    तुलसीका पातको सेवनले मुखको संक्रमणबाट बचाउनुका साथै दाँत तथा गिजालाई स्वस्थ राख्छ ।

    बिहान उठ्नैबित्तिकै पानीसँगै तुलसीका पात पनि चपाएर खानुहोस् । यसले गर्दा विभिन्न खालका संक्रामक रोगबाट बचाउँछ ।

    तुलसीको पातको लेप छालामा लगाउँदा दाद, लुतो तथा छालासम्बन्धि अन्य रोगबाट बचाउँछ ।

    ज्वरो आएको छ भने तुलसीको पातलाई पिँधेर बनाएको रसमा अदुवाको रस र मह मिलाएर खाँदा फाइदा हुन्छ ।
    आयुर्वेदमा तुलसीको नजिक बस्दा स्वासप्रस्वास मार्फत लिइने हावा सरीरका लागि निकै फाइदाजनक हुने र त्यसले सरीरका विषाक्त पदार्थ निर्मलीकरण गर्नमा सहयोग गर्ने विश्वास गरिन्छ ।

    भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

    मुखको दुर्गन्ध हटाउने सजिलो उपाय

    By: Unknown On: 9:34 PM
  • Share The Gag
  • भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्
    मुखबाट दुर्गन्ध आउने तथा स्वास गन्हाउने लगायतका समस्या आम समस्या हुन् र धेरै मानिस यो समस्याबाट पीडित हुन्छन् । कहिलेकाहीँ मुख गन्हाएका कारण लाजमर्दो परिस्थितिको सामना गर्नुपर्ने हुन्छ र मुख छोपेर वा लुकाएर कुरा गर्नुपर्ने बाध्यता पनि आउँछ । मुख गन्हाउने मान्छे सँग कुराकानी गर्न कसैलाई पनि मन पर्दैन । त्यसैले यस्तो समस्या हुने व्यक्तिको सामाजिक जिवनमा पनि खलल पुग्छ ।
    120तपाइँमा पनि यस्तो समस्या छ ? छ भने चिन्ता नगर्नुहोस् । आफ्नो मुखबाट दुर्गन्ध आउने समस्याबाट छुटकारा पाउने केही सजिला टिप्स हामीले यहाँ प्रस्तुत गरेका छौँ ।

    नियमित दाँत माझ्नुहोस् : यो कुरा सबैलाई थाहा भएको कुरा हो । नियमित दाँत माझ्नाले मुख दुर्गन्धित हुन पाउँदैन । बिहान र बेलुकी २ पटक दाँत माझ्ने र दाँत माझ्दा मज्जाले ब्रस तलमाथि तथा दायाँबायाँ घुमाएर दाँत माझ्नुपर्छ । दाँतका साथै जिब्रो तथा मुखको सबैभाग मज्जाले सफा गर्नुहोस् र कुल्ला गर्नुहोस् ।

    गि्रन टी पिउनुहोस : गि्रन टी स्वास तथा मुख गन्हाउने समस्या भएका हरुका लागि निकै लाभदायक हुन्छ । गि्रन टी मा एन्टिब्याक्टेरियल तत्व हुन्छ । जसले दाँतको छिद्रमा परेका खानेकुरा सडाएर दुर्गन्ध निकाल्ने जिवाणुलाई नष्ट पारिदिन्छ ।

    धूमपान त्याग्नुहोस् : धूमपान गर्नुहुन्न भने ठिकै छ । यदि गर्नुहुन्छ भने तत्कालै धूमपान त्याग्नुहोस् । धूमपान गर्ने मानिसमा स्वास गन्हाउने समस्या निकै बढि हुन्छ । चुरोट फ्याँक्नुहोस् र ताजा हावा लिनुहोस् ।

    प्रसस्तै पानी पिउनुहोस् : पानी पिउनु समग्रमा स्वास्थ्यका लागि फाइदाजनक तथा अनिवार्य हो नै, यसले मुखको दुर्गन्ध हटाउन पनि सहयोग गर्छ । पानीले मुखमा अडि्कएका खानाका टुक्रालाई सफा समेत गर्छ ।

    चुइंगम चपाउनुहोस् : यद्यपि चुइंगममा हुने सुगरले स्वास्थ्यलाई नकारात्मक असर नपूराउने होइन । तर दाँतको छिद्रमा अडि्कएका पदार्थलाई बाहिर निकाल्न तथा दाँत र गिजालाई सफा गर्नका लागि चुइंगम चपाउनु निकै फाइदाजनक मानिन्छ ।

    गुलियो पदार्थ कम खाने, खानैपरे खाइसकेपछि मज्जाले पानीले मुख कुल्ला गर्ने, हावा कम चल्ने कोठामा धेरैबेर नबस्ने र ताजा हावामा निस्किरहने जस्ता कुराहरु गर्दा समेत मुखलाई दुर्गन्धित हुनबाट बचाउँछ ।

    आँप खाँदै हुनुहुन्छ होस् गर्नुहोस् है !!

    By: Unknown On: 9:33 PM
  • Share The Gag
  • भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्


    नेपालको मुख्य शहर होस् या त कुना कुनाको बजारमा नै किन नहोस् । हेर्दा साँच्चै खाउ खाउ जस्तै मज्जाले पोके जस्ता आपँहरु देख्न सकिन्छ । तर उक्त आप केमिकलले पकाइएको हुन्छ । त्यही आँप छ्याछ्पती बेच्ने गरीएको पाइएको छ ।

    तर यसले कति असर गरीरहेको छ भन्ने कुरा सर्वसाधारणलाई खासै वास्था नगरेको पाईन्छ । यस्तो आँप खानु नै बिमारीको एक प्रमुख कारण रहेको पाइएको छ ।mango

    राजधानी लगायत विभिन्न स्थानमा औषधी राखेर पकाइएका आँपले असर गरिरहे पनि सरोकार वालाले आवाज उठाएका छैनन् । फलमा औषधीले पकाउदा उसमा पाउने भिटामिन कम हुने र शरीरमा केमिकलले गर्दा शरीरको हड्डीमा समस्या देखा पर्ने चिकित्सकहरु बताउछन् । यस्तो फल खानाले रोग लाग्नलाई सहयोग गर्ने डाक्टरहरुको सुझाब रहेको छ ।

    बजारमा कार्बनडाइड र सोडावाटर ग्यासले पकाइएका आप हरु मात्र राजधानीमा भेटिएको पाइन्छ । यस्तो फल खानु भन्दा नखानु नै बेश हुन्छ चिकित्सकहरुको सुझाव हो यो ।

    अब पिसाबको गन्धबाटै क्यान्सर पत्ता लाग्ने

    By: Unknown On: 9:31 PM
  • Share The Gag
  • भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

    वैज्ञानिकहरुले यस्तो प्रविधिको विकाश गरेका छन् जसले पिसाबको परीक्षणबाटै मुत्रथैलीको क्यान्सर भए नभएको कुरा पत्ता लगाउन सकिन्छ ।
    बेलायती वैज्ञानिकहरुका अनुसार यो प्रविधिमा एउटा यस्तो सेन्सरको प्रयोग गरिन्छ जसले पिसाबमा भएका ग्यासजन्य रसायनहरुको गन्ध पत्ता लगाउन सक्छ जो मुत्रथैलीका क्यान्सर कोषबाट उत्पादन भएको हुन्छ । बेलायतको लिभरपुल विश्वविद्यालयका शोधकर्ता क्रिस प्रोबर्ट र नर्म्यान र्याटक्लिफले आफुहरुले पिसाबमा क्यान्सरको गन्ध थाहा पाउनसक्ने यन्त्रको विकाश गरेको बताएका छन् ।
    प्लस वन जर्नलमा छापिएको खबर अनुसार यो विधिबाट मुत्र थैलीको क्यान्सर पत्ता लगाउन सकिने सम्भावना ९० प्रतिशत भन्दा अधिक हुन्छ । यद्यपि यो परीक्षणलाई अझै परिस्कृत तथा विश्वसनीय बनाउन थप शोधको खाँचो रहेको विज्ञहरुको भनाइ छ ।
    विश्वमा मुत्रथैलीको क्यान्सर एक मुख्य क्यान्सरको प्रकारका रुपमा रहेको छ । मुत्रथैलीको क्यान्सरको सुरुवाती अवस्थामा लक्षण थाहा पाउन गाह्रो हुने र अन्तिम अवस्थामा पुगेपछि मात्र रोगीलाई रोगले चेँप्ने भएकाले यसको उपचार कठीन हुने गरेको छ । तर यदि यो परीक्षणबाट मुत्रथैलीको क्यान्सरका विषयमा सुरुवाती अवस्थामै जानकारी पाउन सकिएमा त्यसको उपचार सहज हुने र धेरै क्यान्सर रोगीको ज्यान जोगिने विज्ञहरुको ठम्याइ छ ।
    यसअघिका अध्ययनहरुले पनि मुत्रथैलीको क्यान्सर हुँदा पिसाबमा विशेष प्रकारको गन्ध आउने र त्यस्तो गन्ध कुकुरले थाहा पाउन सक्ने पुष्टि गरेका थिए ।

    Thursday, July 11, 2013

    राजधानीमै नक्कली डाक्टर !

    By: Unknown On: 8:48 PM
  • Share The Gag

  • राजधानीमै लामो समयदेखि गैरकानुनी रुपमा नक्कली डाक्टरले बिरामीको उपचार गरिरहेको फेला परेको छ । योग्यता नै नभएका र कुनै चिकित्सकीय तालिम पनि नलिएका व्यक्तिले दर्ता नै नभएका संस्थाबाट विशेषज्ञ चिकित्सकले गर्ने उपचारजस्तै सेवा दिइरहेको फेला परेको हो ।

    बिरामीको उपचार गर्ने योग्यता नै नभएका व्यक्तिले ‘नक्कली डाक्टर’ का रुपमा गैरकानुनी संस्थाबाट बिरामीको उपचार गरिरहेकेा फेला परेपछि सरकारले ती नक्कली डाक्टरलाई अनुसन्धानको घेरामा राखेको छ भने कानुनविपरीत सञ्चालन गरेकेा उपचार केन्द्र बन्द गराएको छ ।

    बिरामीको उपचार गर्न कम्तीमा पनि एमबिबिएस तहको पढाई सकेर नेपाल मेडिकल काउन्सिलबाट चिकित्सकीय अभ्यासका लागि लाइसेन्स लिएको वा आयुर्वेद क्षेत्रको हो भने वैद्य वा कविराज तहको अध्ययन गरेको हुनुपर्छ ।

    तर, राजधानीको सीतापाइलास्थित सीतापाइला आयुर्वेदिक तथा जन्डिस उपचार केन्द्रका रामप्रसाद महर्जन र सीतापाईला जन्डिस केयर सेन्टरका रामबहादुर महर्जनले नक्कली डाक्टरका रुपमा बिनायोग्यता जन्डिस, ग्यास्टि्रक र पिनासको विशेषज्ञ उपचार गर्दै आइरहेकेा वाणिज्य तथा आपूर्ति विभाग र औषधि व्यवस्था विभागको टोलीले मंगलबार फेला पारेको नागरिक दैनिकमा खबर छ ।

    टोलीले तत्कालै गैरकानुनी संस्थालाई बन्द गरेको र अनुमानका भरमा विरामी उपचारमा संलग्न व्यक्तिलाई अनुसन्धानको घेरामा राखेको औषधी व्यवस्था विभागका निरीषक पदम पौडेलले बताए । उनका अनुसार विभागले उनीहरुलाई तीनदिनभित्र आवश्यक कागजातसहित उपस्थित हुनसमेत निर्देशन दिएको छ । गैरकाुनुी सेन्टरलाई आवश्यक प्रक्रिया पुरा गरेमा र सेन्टरमा योग्यतामा पुगेको व्यक्ति राखेमा पुनः खोल्न दिन सकिने उनको भनाई छ ।

    नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. दामोदर गजुरेलले काउन्सिलको अनुमति र प्रमाणपत्रबिना उपचारमा संलग्न व्यक्तिलाई सोझै समातेर जेल हाल्न सकिने बताए । ‘काउन्सिलको प्रमाण र अनुमति नपाएका मानिसले कुनै पनि हालतमा बिरामीको उपचारमा संलग्न हुन पाउँदैन्,’ उनले भने, ‘यस्ता कार्यमा संलग्नलाई सिधै प्रहरीले समात्न सक्ने कानुनी व्यवस्था छ ।’

    पत्तीले काटेर यसरि पनि गरिन्छ उपचार..(फोटो फिचर सहित)

    By: Unknown On: 8:21 PM
  • Share The Gag

  • भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

      विश्वमा स्वास्थ्यको उपचार गर्ने पद्धतीहरू धेरै थरी छन् । हामी प्राय उपचारका लागि एलोप्याथीको सहारा लिने गर्छौ । त्यस्तै, आयुर्वेद, होमियोप्याथी, तथा अन्य पद्धतीको पनि हामीमध्ये धेरैले उपचारका लागि सहारा लिने पद्धति हुन् ।

    विश्वमा स्वास्थ्य उपचार गर्ने पद्धतीमा एक फरक खालको पद्धति पनि भेटिएको छ भारतमा । उक्त पद्धती अनुसार उपचारका लागि मानिसको शरिरमा पत्तीले काटेर रगत बगाई उपचार गरिन्छ । सुन्दा पनि आङ सिरिङ्ग हुने यस्तो उपचार भारतको राजधानी नयाँ दिल्लीमा गरिने गर्छ ।

    ७९ वर्षीय हाकिम घ्यास नामका व्यक्तिले खुला आकाशमुनी यस्तो उपचार पद्धती सुरू गरेका हुन् । उनका अनुसार यो उपचार पद्धति हजारौ वर्ष पुरानो भएको र ग्रिक र संस्कृतमा समेत यस्को चर्चा गरिएको छ ।

    यो उपचार पद्धतीमा पहिले मानिसलाई डोरीले शरिरको विभिन्न भागमा बाधिन्छ । र उनीहरूलाई तातोमा बस्न लगाइन्छ । उनीहरुको शरिरको उपचार गर्ने भागमा पत्तीले घाऊ बनाइन्छ जहाँबाट उनीहरूको रगत बगोस्, त्यसपछी काटिएको ठाऊँमा बगिरहेको रगत रोक्नका लागि व्यायाम गर्न लगाइन्छ । जबसम्म रगत थामिदैन उनीहरूको शरिरमा बाँधिएको डोरी फुकाइदैन ।

    यसरी रगत बगाउँदा शरिरको खराब रगत बाहिर निस्किने र स्वास्थ्यमा आएका समस्याहरू समाधान हुने हाकिम बताउँछन् । उनका अनुसार यसरी काटेर रगत फ्याँक्दा शरिरको उच्च रक्तचाप नियन्त्रण हुने, कोलेस्टेरोलको मात्रालाई समेत सही ठाऊँमा ल्याउन मद्धत गर्छ ।

    पछील्लो समयमा यस उपचारका लागि आउनेहरूको संख्या बढ्दै गएको र उपचारका लागि आफूहरूले कुनै पैसा नलिएको हाकिमले बताएका छन् । उनले आफूहरूसँग उपचारका लागि आउने सबै गरिब र बृद्धहरू हुने भएकाले आफूहरूले बिना शुल्क नै उपचार गर्ने गरेको बताए । उनका अनुसार उनलाई यो कार्यमा उनका एक छोराले पनि सघाइरहेका छन् ।

    हेरौ उक्त पद्धतीको उपचारका केही दृश्यहरू…






    Tuesday, July 2, 2013

    आँखाबाट रगतको आँशु बगाउने युवती ल हेर्नुस

    By: Unknown On: 4:23 AM
  • Share The Gag

  • भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

    मन हल्का पार्नको लागि मज्जाले रोएर प्रसस्तै आँशु झार्नुपर्छ भन्ने मान्यता छ । तर २० वर्षकी यी युवती भने धक फुकाएर रुन पनि सक्दिनन् । उनी जब रुन्छिन् उनको आँखाबाट आँशुको साटो रगतका धारा बग्न थाल्छन् । उनी जति रुन्छिन् उत्ति नै उनको आँखाबाट रगत चुहिन्छ ।
    आँखाबाट रगतको आँशु झर्ने पीडा चिलीकी एक २० वर्षे युवतीले एक महिनादेखि झेलिरहेकी छिन् । चिलीको पुरानक क्षेत्रकी बासिन्दा यारित्जा ओलिभाको आँखाबाट आँशुको साटो रगत किन बग्यो ? भन्ने कुराको भेउ पाउन डाक्टरहरुले पनि सकेका छैनन् । उनी रुँदाखेरी आँखामा निकै पीडा हुन्छ र रगत बग्छ । यति पीडा हुन्छ की उनलाई सहनै गाह्रो हुन्छ र थप रुनुपर्छ । डाक्टरहरुले उनको रोग पत्ता लगाउन नसकेपछि सामान्य थोपा औषधि दिएका छन् ।

    आँखाबाट आँशुको रुपमा रगत बग्ने यस्तो समस्यालाई हेमोलार्किया भनिन्छ । इन्फेक्सन, टाउकाको चोट तथा ट्युमर लगायतका कारणबाट यस्तो समस्या पैदा हुने बताइन्छ ।