Sunday, June 16, 2013

Tagged Under:

प्रधानमन्त्री जूलिया गिलार्डलाई एक प्रश्न सोध्दा त्यहाँको एक रेडियोका प्रस्तोताले ठूलो मूल्य चुकाउनु परेको छ

By: Unknown On: 5:50 AM
  • Share The Gag

  • अष्ट्रेलियाका प्रधानमन्त्री जूलिया गिलार्डलाई एक प्रश्न सोध्दा त्यहाँको एक रेडियोका प्रस्तोताले ठूलो मूल्य चुकाउनु परेको छ । हावर्ड स्याटलरले लाइभ अन्तरवार्ताका क्रममा गिलार्डलाई उनको पार्टनर गे अर्थात समलिंगी हो भनेर प्रश्न सोधेका थिए ।

    उनले गिलार्डलाई भनेका थिए कि सात वर्षदेखि उनीसँगै रहेका पार्टनर टिम म्याथेसन समलिंगी हुनुपर्‍यो किनकी उनी हेडर ड्रेसर थिए । गिलार्डले यसलाई अस्वीकार गर्दै हेयरड्रेसर भएकै भरमा समलिङ्गी सम्झनु बकबास भएको बताएकी थिइन् ।

    फेयरफ्याक्स रेडियोले सुरुमा स्याटलरलाई निलम्बन गरेका थियो, अहिले जागिरबाट निकालेको छ । साथै अभद्र प्रश्न सोधेकोमा रेडियोको तर्फबाट प्रधानमन्त्री गिलार्डसँग माफी मागिएको छ ।

    कम्पनीले जारी गरेको विज्ञप्तिमा स्याटलरको अन्तवार्तामा रोधिएको प्रश्न अभद्र भएको र यसको राजनीतिक बहससँग कुनै सम्वन्ध नभएको उल्लेख छ । गिलार्डलाई बिहीबरा एक चुनावी बहसमा यस्तो प्रश्न सोधिएको थियो ।–बीबीसीको

    0 comments:

    Post a Comment