Friday, June 7, 2013

Tagged Under:

पाइन्ट खोलेर सांसदलाई देखाइदिए व्यापारीले

By: Unknown On: 2:12 AM
  • Share The Gag
  •  सरकारको कर नीतिको विरोधमा ५ जना व्यापारीले संसद भवन अगाडि पाइन्ट खोलेर विरोध प्रदर्शन गरेका छन् ।

    सरकारको कर संकलन एजेन्सी खारेज हुनुपर्ने माग गर्दै इटालीका ५ जना व्यापारीहरुले सांसदहरुलाई पाइन्ट खोलेर देखाइदिएका छन् ।



    व्यवसायीहरुले सर्ट र पेन्टीमा प्लेकार्ड बोकेर संसदभवन अगाडि प्रदर्शनमा उत्रिादा माहोल निकै तातेको थियो । उनीहरुले प्लेकार्डमा लेखेका थिए,’तिमीहरुले हजारौा जागिरेहरुको हत्या गरेका छौ ।’

    कर तथा जरिवाना संकलन गर्ने निकाय इक्विटालिया खारेजीका लागि जनमत संग्रह हुनुपर्ने माग उनीहरुको छ ।

    ऋणमा फसेका व्यवसायीहरुलाई तर्साएर उक्त निकायले आर्थिक संकट झनै बढाएको आरोप व्यवसायीको रहेको छ ।

    सरकारी निकायको पेलानकै कारण इटालीमा पछिल्लो १८ महिनामा १६२ जना व्यवसायीले आत्महत्या गरेका छन् ।

    0 comments:

    Post a Comment