Saturday, June 15, 2013

Tagged Under:

पृथ्वी ११ हजार वर्ष यताकै बढि तातो

By: Unknown On: 10:47 PM
  • Share The Gag

  • भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |
       

    पृथ्वीको तापक्रम एघार हजार तिन सय वर्ष यताकै सबैभन्दा उच्च रहेको तथ्य वैज्ञानिकहरुले सार्वजनिक गरेका छन् ।
    साथै वैज्ञानिकहरुले पृथ्वी तात्ने दर पनि निकै उच्च गतिमा बढिरहेको निष्कर्ष निकालेका छन् ।
    विश्वका विभिन्न देशका ७३ सहरमा तापक्रमको आँकडालाई विश्लेषण गरी यो निष्कर्ष निकालिएको हो ।
    वैज्ञानिकहरुले हिमयुग देखि वर्तमान सम्मको हजारौँ वर्षको पृथ्वीको तापक्रमको नयाँ सूचि पनि तयार गरेका छन् ।
       
    उनीहरुले भनेका छन् पृथ्वी पछिल्लो ‼ हजार ३ सय वर्षको अधिकांस समयमा जति तातो थियो त्यो भन्दा अहिलेको तापक्रम निकै बढि छ ।
    अध्ययनकर्ता टोलीका प्रमुख अमेरिकाको ओरेगन विश्वविद्यालयका शन मारकोटका अनुसार पृथ्वीको दक्षिणी गोलार्ध भन्दा उत्तरी गोलार्धमा तापक्रम वृद्धि बढि भएको छ । बढि जमिन तथा जनसंख्याका कारण यस्तो भएको हो । वैज्ञानिकहरुले औद्योगिकरणसँगै हरितगृह ग्यास उत्सर्जन बढिरहेको हुँदा पृथ्वीको तापमान बढिरहेको बताएका छन् । जलवायु परिवर्तन तथा उष्णकिरणका कारण विभिन्न खालका प्राकृतिक विपत्तिहरुमा समेत वृद्धि भएको बताइएको छ । पछिल्लो अध्ययन प्रतिवेदन चर्चित साइन्स जर्नलमा छापिएको छ ।

    0 comments:

    Post a Comment