Wednesday, June 12, 2013

Tagged Under:

मेस्सीले आयकर छलेको आरोप

By: Unknown On: 9:04 PM
  • Share The Gag


  • २९ जेठ, काठमाडौं । बार्सिलोनाका अर्जेन्टिनी स्टार फुटबलर लिओनल मेस्सीमाथि कर छलेको आरोप लागेको छ । ३.४ मिलियन पाउण्ड आयकर छालेको आरोपमा मेस्सी र उनका बाबुविरुद्ध मुद्दा दायर भएको हो ।

    २००७, २००८ र २००९ मा आयकर फिर्ता लिँदा ३.४ मिलियन पाउण्ड छलेको भन्दै मेस्सी र उनका बाबु जोर्जविरुद्ध तीन अपराधको आरोप लगाइएको छ । अदालतले मुद्दा स्वीकार गरेको छ भने बार्सिलोनाले मुद्दाबारे टिप्पणी गर्न अस्वीकार गरेको छ ।

    0 comments:

    Post a Comment