Monday, June 24, 2013

Tagged Under:

छोरा र छोरीले झ्याइँ पार्दा सम्धी-सम्धिनीको लभ परेपछि…….

By: Unknown On: 10:11 PM
  • Share The Gag


  • आखिर तन बुढो भएपनि मन बुढो हुँदैन भनेको ठीकै हो । त्यहीँ भएर होला छोरीलाई अन्माएर पठाउँदै गर्दा बेहुलीकी आमाले आफ्ना ज्वाइँको बाउ अर्थात् सम्धीसँग पिरती गाँसिन् । अनी त्यसको ६ महिनापछि नै सम्धीलाई श्रीमान बनाइहालिन् ।


    यो यथार्थ घटना फ्रान्सको हो । श्रीमानको निधनपछि १० वर्षदेखि एक्लो जिवन बिताइरहेकी लियोनकी बासिन्दा यी सम्धिनीले छोरी अन्माउँदै गर्दा सम्धीसँग पिरती गाँसेकी हुन् । बेहुली फ्यानेट्टीकी आमा सोफी मेगनान र बेहुला इयानका बुवा डेभिडबीच सोही माया पिरती अन्ततः वैवाहिक सम्बन्धमा परिणत भयो ।

    बुहारीकी आमालाई दुलही बनाएर भित्राउँदा बेलायतका सम्धीज्यू डेभिड पनि निकै खुसी भएका छन् । नहोउन् पनि किन पहिलो श्रीमतीसँग डिभोर्स भएपछि उनी १५ वर्षदेखि एक्लो जिवन बिताइरहेका थिए ।

    शुभकामना छ श्रीमान श्रीमती बनेका यी सम्धी सम्धिनीलाई ।

    0 comments:

    Post a Comment