Tuesday, June 4, 2013

Tagged Under:

यी हुन् १९ औँ सताब्दीमा जन्मेका एकमात्र जिउँदा पुरुष

By: Unknown On: 5:30 AM
  • Share The Gag
  • यो पृथ्वीमा १९ औँ शताब्दीमा जन्मेकामध्ये अहिलेसम्म कतिजना लोग्नेमान्छे जिउँदै होलान् ? के तपाइँ पत्याउनुहुन्छ ? अंग्रेजी पात्रो अनुसारको १९ औँ सताब्दीमा विश्वमा जन्मेका मध्ये अहिले केवल १ जना मात्र पुरुष जिवित छन् । ती व्यक्ति नै अहिले विश्वका सबैभन्दा बढि उमेरका मान्छे हुन् ।

    जापानका ११६ वर्षका जिरोइमोन किमुरा १९ औँ सताब्दीमा जन्मेका अहिलेका एकमात्र जिवित पुरुष हुन् । जेरोन्टोलोजी रिसर्च ग्रुपका अनुसार सन् १९०१ को नयाँ वर्षको दिन अघि जन्मेका महिला भने विश्वमा अहिलेपनि २१ जना छन् ।

    किमुराका ५ जना छोराछोरी, १४ जना नातिनातिना, २५ जना पनाती पनातिना र १३ जना खनाती खनातीना छन् । किमुरा आफ्नी ८३ वर्षकी जेठी बुहारी र ५९ वर्षकी नातिनी बुहारी सँग क्योटोमा बस्दै आएका छन् । किमुराको जन्म १८९७ अपि्रल १९ तारेखका दिन भएको थियो ।

    0 comments:

    Post a Comment