Wednesday, June 19, 2013

Tagged Under:

फिस्टेल एयरको हेलिकप्टर हुम्लामा दुर्घटना

By: Unknown On: 5:21 AM
  • Share The Gag
  • असार ५ । फिस्टेल एयरको एउटा हेलिकप्टर हुम्लामा  दुर्घटना भएको छ ।

    हुम्लाको तिब्बती सीमा हिल्साबाट सदरमुकाम सिमिकोटका लागि उडेको फिस्टेल एयरको उक्त हेलिकप्टर आज अपराह्न ४ बजेर ४५ मिनेट जाँदा  दुर्घटना भएको हो ।

    हुम्लाका प्रहरी निरीक्षक हरिशरण भट्टले दिएको जानकारी अनुसार हेलिकप्टरको पछाडीको भागमा आगो लागेको छ ।

    हेलिकप्टरमा चालक दलसहित ६ जना रहेकोमा दुई जना सकुशल रहेको थाहा भईसकेको र  उनीहरुले हेलिकप्टरको पछाडी पट्टि लागेको आगो निभाउने प्रयास गरेको बताइएको छ ।

    घटनाको विस्तृत जानकारी आई सकेको छैन ।

    0 comments:

    Post a Comment