Friday, July 5, 2013

Tagged Under:

यी हुन् संसारकै एकमात्र बच्ची : जो १४ महिनासम्म न रुन्छिन्, न चुस्छिन्, न खोक्छिन् (फोटोफिचर सहित)

By: Unknown On: 9:35 PM
  • Share The Gag

  • डाक्टरहरुका अनुसार यी बालिका सायद संसारको एकमात्र बालिका हुन् । जसमा अहिलेसम्म कसैमा पनि नदेखिएको लक्षण देखिएको छ । १४ महिनाकी ती बालिकाले अहिलेसम्म न त दुध चुस्न सक्छ, न त केही कुरा निल्न सक्छ, न त खोक्न सक्छ, न त रुन नै ।

    बेलायतको समरसेटस्थित मसग्रुफ अस्पतालमा रहेकी म्याडिसन गिल नामी ती बच्चीलाई नलीको सहायताले खुवाइएको, नियमित औषधोपचार गरिएको छ र चिकित्सकको २४ सै घण्टाको निगरानी छ ।

    २१ वर्षी तामसिन व्हाटलेले जन्माएको उक्त बालिकालाई अब अस्पतालले घर पठाउँदैछ । उनलाई निको भएका कारण होइन की घरमै लगेर स्याहार गर्न आमा तामसिन राजी भएकाले । आफ्नी सिकिस्त छोरीलाई घरमा लग्न पाउने कुराले तामसिन निकै खुसी छिन् ।

    ती बालिकाले जन्मिँदा बित्तिकै अरु जस्तो रुनुको साटो घुरेकी थिइन् । त्यसबेला नै डाक्टरहरु अचम्ममा परेका थिए । उनको त्यसयता लगातार उपचार भैरहेको छ र पटक पटक अप्रेशन पनि भएको छ । उनमा एक प्रकारको स्नायुमांस समस्या रहेको र त्यसको एकिन पहिचान अहिलेसम्म गर्न नसकिएको चिकित्सकहरुको भनाई छ ।

    0 comments:

    Post a Comment