Thursday, July 4, 2013

Tagged Under:

गीलाई जुवाँ भन्दै सोनियाको आइटम डान्स (भिडियो)

By: Unknown On: 4:03 AM
  • Share The Gag


  • रमेश वुढोथोकीको निर्देशनमा तयार भएको चलचित्र ‘ग्याम्बलर’ले क्यासिनोको कथालाई उठान गरेको छ । भदौ ७ गतेबाट देशभरका हलमा एकसाथ प्रदर्शनमा आउन लागेको यो चलचित्रमा राजेश हमाल, सुमन सिंह, विना वुढाथोकी, कल्पना शाही, सोनिया केसी लगायतका कलाकारको अभिनय छ ।चुन्नी कुमारी गुरुङको प्रस्तुतीमा यादव गुरुङले निर्माण गरेको यो चलचित्रमा नायक सुमन सिंह क्यासिनोको खेलाडीको रुपमा देखिएका छन् । चलचित्रमा समावेश ‘जीन्दगी यो जुवाँ हो जुवाँ’ बोलको गीतमा नायिका सोनिया केसीको आइटम नृत्य हेर्न सकिन्छ । निर्माता यादव गुरुङ सिनेमाले नयाँ बिषयलाई फरक ढंगले प्रस्तुत गरेकाले पनि दर्शकले मनपराउने विश्वास गर्छन् । चलचित्रमा शम्भुजित बास्कोटाले संगीत भरेका छन् ।

    0 comments:

    Post a Comment