Sunday, July 7, 2013

Tagged Under:

श्रीमती र घरमा कोही नभएको मौका छोपेर बाबुले आफ्नै छोरीलाई ६ वर्षअघिदेखि बलात्कार गर्दै आए पछी I

By: Unknown On: 11:57 PM
  • Share The Gag

  • आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा संखुवासभा खोरण्डेका पासाङगम्बु शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।

    ज्यान मार्ने धम्की दिँदै ६ वर्षदेखि बाबुले बलात्कार गरेको उजुरी छोरीले दिएपछि ४५ वर्षीय शेर्पालाई प्रहरीले पक्राउ गरेको हो । आमाको ६ वर्ष अगाडि मृत्यु भएको र मृत्युपछि ११ वर्षको उमेरदेखि ज्यान मार्ने धम्की दिँदै बलात्कार गरेको पीडितले बताएकी छिन् ।

    फुपुले साथ दिएपछि प्रहरीसमक्ष पुगेकी उनले ६ वर्षदेखि आफू बलात्कृत हुँदै आएको र २ वर्षदेखि भने गर्भनिरोधक औषधी खुवाएर यौनशोषण गर्ने गरेको बताइन् ।

     दीदीङ–५ आहालेबाट खाँदबारीको खोरण्डे गाउँमा आएर बस्ने पासाङ शेर्पाले जेठी श्रीमतीको मृत्यु भएपछि दोस्रो बिहे गरेका थिए ।

    दोस्रीले पनि आत्महत्या गरेपछि तेस्री श्रीमती विवाह गरेका उनले श्रीमती र घरमा कोही नभएको मौका छोपेर बलात्कार गर्ने गरेको थियो ।

     पीडितको जाहेरीपछि प्रहरीले शेर्पालाई पक्राउ गरेर हाडनाता र जर्वजस्ती करणीअन्तर्गत मुद्दा दर्ता गरेको प्रहरी नायव उपरीक्षक रुपम लामाले हामीलाई बताए ।
    भिडियो हेर्नुहोस् 

    0 comments:

    Post a Comment