|
Tuesday, October 8, 2013
Tagged Under: jankari
काठमाडौ, एक उच्च सरकारी अधिकारी कार्यालयबाट फर्किएकी आफ्नी श्रीमतीसँग साँझको पहिलो भेटमा भलाकुसारी गर्दैनन्, श्रीमतीको पेन्टी रीक्षणपछि मात्र अन्य काममा हात हाल्छन् । पेन्टी जाँच्नुको कारण भने श्रीमतीले परपुरुषसँग सम्बन्ध राखेको छ वा छैन भन्नेबारे विश्वस्त हुनु हो ।
‘लोग्नेको शंकालु मनोवृत्तिले जीवन नरक बनेको छ,’ ती महिलाले भनिन्, ‘पहिले कुनै पुरुषसँग कुरा गर्दा शंका गर्थे, अब त तैले यौनसम्बन्ध नै राखिसकिस् भनेर तथानाम गर्छन ।’ दुई छोरा-छोरीसहितको सुखी परिवार लोग्नेको शंकालु मनोवृत्तिले नारकीय बनेको उल्लेख गर्दै उनी भन्छिन्, ‘अफिसबाट फर्केपछि पहिले ब्याग चेक गर्थे, मोबाइल रिडाइल गरेर हेर्थे अब त मैले कसैसँग सम्बन्ध राखेको छ कि भनेर पेन्टी हेर्छन् ।’
‘श्रीमतीको चरित्रमा शंका गर्ने यो कडा किसिमको मनोरोगको एउटा रूप हो,’ त्रिवि शिक्षण अस्पताल मानसिक रोग विभागका प्रमुख प्रा.डा. विद्यादेव शर्मा भन्छन्, ‘कोहीसँग बोल्न नदिने, गुप्तचरी गर्नेबाट सुरु हुँदै अन्ततः पेन्टी चेक गर्नेसम्म हुन्छ्न् ।’ उनका अनुसार यो रोग पीडितले अन्नतः पत्नीलाई मार्ने प्रयाससम्म गर्न सक्छन् । उपचारपछि यो रोगलाई नियन्त्रणमा राख्न सकिन्छ ।
चरित्रमाथि शंका गर्ने यो रोगलाई बोलचालमा ‘ओथेलो सिन्ड्रोम’ भनिन्छ । यो शब्द सेक्सपियरको उपन्यास ‘ओथेलो’ बाट आएका हो, जसको एक पात्रले शंकाका कारण आफ्नो प्रेमिकाको हत्या गर्छन् । यो रोग महिला र पुरुष दुवैलाई हुने भए पनि पुरुषमा भने सर्वव्यापी छ । प्रा.डा. शर्मा यो रोग प्रायः रक्सी दुव्यर्सनी पुरुषलाई हुने गरेको बताउँछन् । तर हरेक पुरुषमा यस्तो देखिए मानसिक रोगी नै हुन भन्ने हुँदैन । केही दम्पतीका गतिविधिले आपसमा शंका हुनु जायजसमेत हुने गरेको छ । हरेक रोग प्याथोलोजिकल नहुने उल्लेख गर्दै प्रा.डा.शर्मा भन्छन्, ‘तर अधिकांशमा यो रोगकै लक्षण हुन्छ ।’
जीवनसाथीको चरित्रमा शंका गर्नुपछाडि मानसिक रोग ओथेलो सिन्ड्रोम वा ‘डिल्युजनल डिसअर्डर जेलस’ ले काम गर्छ । महिलाको दाँजोमा पुरुष यो मनोरोगले बढी ग्रसित भए पनि यसमा समेत अन्तर्मुखी पुरुषमा यो रोग बढी देखिने गरिएको छ ।
चिकित्सा तथ्यपत्रअनुसार यो रोग हुने थुप्रै कारण छन् । साइकोएनालिटिकली कारणमा भने अजागृत मनमा समलैंगिक भावनालाई रोगीले दबाउने प्रयास गर्छ । तब उसलाई आफ्नो जीवनसाथीप्रति शंका हुन्छ । यस्तै पारिवारिक कारणमा भने बाल्यकालमा अभिभावकको अति नियन्त्रण, बुबाको अनुपस्थिति जस्तो स्थितिबाट गुजि्रएका व्यक्तिमा यस्ता रोगको लक्षण देखिन सक्छ ।
स्वम्भवतः पढेलेखेका बुद्घिमान् भए पनि केही व्यक्ति अन्तर्मुखी स्वभावका हुन्छन् । यस्ता व्यक्तिसमेत आफ्नो जीवनसाथीप्रति शंकालु बन्ने गरेका छन् । प्रा.डा. शर्माका अनुसार यो मानसिक असन्तुलनअन्तर्गत लोग्नेले यौनसाथी अविश्वासी रहेको भ्रममा विश्वास गर्न थाल्छ । रोगीलाई आफ्नी श्रीमतीका हरेक क्रियाकलापबाट आफूले विश्वास गर्दै आएको भ्रमलाई नै बलियो बनाउने आधार हेर्न थाल्छ ।
यो रोगमा साथीको चरित्रमा सधैं शंका गर्नु प्रमुख लक्षण हो । यस्तै श्रीमतीको सधैं निगरानी गर्नु, पिछा गर्नु, बिनाकारण चरित्रमा आक्षेप लगाउनु पनि यो रोगको लक्षण हुन् । तर यो रोग प्रभावितले जीवन साथीसँग बारम्बार मारपिट गर्नु, रिसाउनु कुनै कुरा नसुन्ने गरे पनि अन्य व्यक्तिसँग भने सामान्य व्यहार नै गर्छन् । यस्तो मनोरोगीको उपचार धेरै जटिल र चुनौतीपूर्ण छ । साइकोथेरापीले लाभ भए पनि मनोरोगीलाई भने यसका लागि तयार हुनुपर्छ । आवश्यकताअनुसार एन्टि-डिप्रेसेन्ट औषधि दिइन्छ । उपचारमा परिवारको सहयोग धेरै फायदाकारी हुन्छ ।
मनोरोग मस्तिष्कमा रासायनिक असन्तुलनले गर्दा उत्पन्न हुन्छ । अन्य रोगजस्तै यो पनि आन्तरिक स्तरमा जैविक असन्तुलनले गर्दा हुन्छ । मानसिक रोग विशेषज्ञद्वारा दिइएको औषधि अवश्य सेवन गर्नुपर्छ । मानसिक रोग विशेषज्ञ डा. लुमेश्वर आचार्यका अनुसार यो रोगबाट रक्सीका अम्मलीहरू बढी प्रभावित हुन्छन् ।
‘यो रोग प्रभावित लोग्ने मान्छेले आफूलाई बिरामी मान्दैन,’ प्रा.डा. शर्मा भन्छन्, ‘यो रोगमा थाहा नहुनेगरी खुवाउन सकिने औषधिसमेत हुन्छन् ।’ लोग्ने उपचारका लागि आउन नमाने पनि उपचार हुने उल्लेख गर्दै प्र्रा.डा. शर्मा भन्छन् श्रीमतीले आफ्ना रोगी श्रीमान्को विस्तृत इतिहास बताएर मनोरोग विशेषज्ञको परामर्शमा उपचार गराउन सकिन्छ ।
हावर्ड मेडिकल स्कुलको तथ्यपत्रअनुसार ‘डिल्युजन डिसअर्डर’ को ईष्र्या खण्डअन्तर्गत आफ्नो डिल्युजन डिसअर्डर हुने जोखिम एक हजारमा एकजनालाई हुन्छ । यसको कारण भने थाहा हुन सकेको छैन । यो रोग हुने थोरैमा नपुंसकतासमेत हुने बताइएको छ । आफू सक्षम नभएपछि आफ्नो यौनसाथीमा शंका गर्न लाग्छ । अन्तमा श्रीमतीलाई प्रताडित गर्न थाल्छ । यस्तै अर्को प्रकारको शंकासम्बन्धी मानसिक रोग सिजोप|mेनियाका रोगीमा समेत यस्तो समस्या देखिन सक्छ । यस्तै नशाको अत्यन्त अम्मल भएका स्थितिमा समेत शंकाको रोग हुने सम्भावना प्रा.डा.शर्मा औंल्याउँछन् ।
चिकित्सा तथ्यपत्रअनुसार ओथेलो सिन्ड्रोमको कारण हीन भावनासमेत हुन सक्छ । यौन सन्तुष्टिमा आफूलाई अक्षम पाउनेहरूको अवचेतन मनमा हीन भावना हुन्छ । यस्तो व्यक्ति शंका गर्न थाल्छन् । नभएको बेला ताक झाक, स-साना कुरालाई समेत शंकाको दायरामा ल्याउने बानी पर्छ । यसपछि ऊ पत्नीलाई दुःख दिन थाल्ने तथ्यपत्रमा उल्लेख छ । यस्तै, सुपर इगोसमेत यसको कारण हुन सक्छ । मानिस सामाजिक प्राणी भएको नाताले आदर्श नैतिकताको सुपर इगोसमेत राख्छ । शंकाको स्थितिमा सुपर इगो ध्वस्त हुन्छ र मूल प्रवृत्ति एवं दमित इच्छा प्रकट हुन थाल्दा यो समस्या देखिने गरिएको मनोचिकित्सकहरू बताउँछन् ।
यस्तै, बन्द समाज खुल्लामा परिवर्तन भएपछि देखिने गरिएको मानसिकद्वन्दसमेत यो रोगको कारण हुन सक्छ । समाजमा आफूलाई प्रगतिशील देखाउन पत्नी र महिला आफन्तलाई खुलापनको छुट दिए पनि चिन्तनस्तर धेरै संकुचित हुने व्यक्तिसमेत छन् । यस्ता व्यक्तिको मनमा यस्तो स्थितिले द्वन्द्व चलिरहन्छ । अन्ततः ऊ शंकाले ग्रस्त भएर यो रोगबाट प्रभावित हुन्छ ।
पत्नीमाथि शंका : मानसिक रोग
By:
Unknown
On: 10:29 PM

Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment