Thursday, December 27, 2012

Tagged Under:

‘सूर्यदेश’ लैजाँदै, चेली बेच्दै

By: Unknown On: 9:10 PM
  • Share The Gag
  • १३ पुस,काठमाण्डौं । ‘कहाँ जाने हो, बहिनीहरु ?
    ‘सूर्यदेश ! ‘
    ‘कहाँ छ यो सूर्यदेश ?’
    ‘किन जान लाग्नुभो त ?’
    ‘हामी कलाकार हौं, नाच्न जाने हो ।’
    ‘ल, बहिनीहरु ‘सूर्यदेश’ होइन, अब माइक्रोबाट ओर्लनोस् ।’
    एक साताअघि पुस ५ गते काठमाण्डौंबाट बाहिरिने मुख्य नाका नागढुंगामा विदेश जाँदै गरेका रसुवाका पाँच महिला र चेकजाँचमा खटिएका प्रहरी तथा माइती नेपालका कर्मचारीबीच भएको संवाद हो यो । मानव तस्करको प्रलोभनमा परी उनीहरुले भारत हुँदै पृथ्वीमै नभएको राष्ट्र ‘सूर्यदेश’ जान हिँडेको बताएपछि प्रहरी र माइती नेपालका कर्मचारीले माइक्रोबाट झारेका थिए ।
    तस्करले बेच्न लागेको पुष्टि भएपछि उनीहरुलाई नागढुंगाबाट उद्दार गरी सिधै गौशालास्थित माइती नेपालको कार्यलय पुर्‍याइएको थियो । उनीहरुले आफुहरु नृत्यांगना भएको बताउँदै नाच्नका लागि सूर्यदेश जान लागेको बताएको खबर नागरिक दैनिकले छापेको छ । रामे भन्ने व्यक्तिले सूर्यदेश पुर्‍याउने कबुल उनीहरुसँग गरेको थियो । रामे दिल्लीमा बस्छन् । दिल्ली आइपुगेपछि फोन गर्न रामेले भनेका थिए । उनीहरुलाई नागढुंगाबाट फिर्ता गरेपछि अहिले रामेले फोनै उठाउन छाडेका छन् ।
    सूर्यदेश हिँडेकालाई फिर्ता गरेको चार दिन वित्न नपाउँदै सोमबार नागढुंगामा नै पूर्वी अफि्रकी राष्ट्र तान्जानिया जाँदै गरेका ७ महिलालाई रोकिएको थियो । उनीहरुसँग सम्बन्धित देशको राहदानी भिसा लगायतका कुनै सामानहरु पनि थिएनन् ।
    तस्करहरुले ‘भारतमा र भारत हुँदै जानेहरु अधिकांशलाई कलाकारका रुपमा डान्सबारमा काम गर्न जान लागेको’ भन्न सिकाउने गरेको अनुसन्धानका क्रममा थाहा हुन पाएको छ । काठमाण्डौंबाट छुट्ने र भारत प्रवेश गर्ने विभिन्न नाकामा चेकजाँच गर्दा फिर्ता गरिएका महिलाले मलेसिया, थाइल्याण्ड, सिंगापुर दक्षिण अफि्रका, तान्जानिया, दुवई र भारतकै गोवा, हैदरावाद, मुम्बई, दिल्लीजस्ता सहरका डान्स बारमा काम गर्न जान लागेको बताउने गरेका छन् ।’
                                                                                                                                                         - online khabar

    0 comments:

    Post a Comment