Thursday, December 27, 2012

Tagged Under:

होटलमा बस्नेले ढोकाको चुकुल लगाउन नपाउने

By: Unknown On: 8:42 PM
  • Share The Gag
  • १३ पुस, काठमाण्डौं । प्रहरीले अरनिको राजमार्ग दायाबाया खुलेका होटल/रेष्टुरेन्टको कोठा भित्रबाट चुकुल लगाएर बस्न नपाउने नियम बनाएको छ । होटल र रेष्टुरेन्टमा हुने अनैतिक कार्य रोक्न प्रहरी र होटल व्यवसायी बीच भएको बैठकले १२ बुदे निर्णय गरेको छ ।
    होटलमा महिला कर्मचारीलाई बिहान र दिउँसोको समयमा सरसफाई बाहेक अन्य काम लगाउन नपाउने निर्णयसमेत गरेको छ । यो निर्णयले महिलाले खाना पकाउने, वेटर गर्ने लगायतको काम गर्न रोक लगाएको हो । जगातीदेखि साँगासम्मको होटल व्यवसायीको संस्था अरनिको पर्यटक व्यवसायी संघ (होटल) र प्रहरी बीच बुधबार बैठक बसेको थियो । प्रहरीका अनुसार यो निर्णय त्यस क्षेत्रमा पर्ने १४ वटा रेष्टुरेन्ट सञ्चालकले लागू गर्ने जनाएको छ । बैठकमा जडिबुटीदेखि सूर्यविनाकयसम्मका व्यवसायीलाई राखिएको थिएन ।
    प्रहरीलाई साछी राखेर व्यवसायीको स्वार्थ अनुकुल निर्णय पनि गरेको छ । अनैतिक कार्य गरेमा कानुनी कार्य गर्ने कतै उल्लेख छैन । तर महिलालाई होटल तथा रेष्टरेन्टमा अनैतिक कार्यमा लगाएमा, वोलाएर अनैतिक कार्य गराएमा होटल व्यवसायीको सदस्यता स्वत खारेज हुने जस्ता निर्णय गरेको छ । टोल छिमेकबाट होहल्ला भएको तेस्रो पटक जानकारी गराएपछि मात्रै व्यवसायी संस्थाको सदस्यता निलम्बन गर्ने जस्ता निर्णय गरेको कान्तिपुर दैनिकमा खबर छ ।
    बैठकले होटल तथा रेष्टुरेन्टमा काम गर्ने महिला कामदारलाई भद्र पोशाकमा मात्र काममा लगाउनु पर्ने भनिएको छ । राजमार्ग छेउको कटेज जमिनबाट साढे तीन फिट माथि हुनु पर्ने नियम बनाएको छ । त्यसमा शिसा लगाएर खुल्ला राख्नु पर्ने भएको छ । त्यस्तै होटल तथा रेष्टुरेन्टमा काम गर्ने कामदारको फोटो सहितको अभिलेख राख्नु पर्ने नियम बनाएको छ । कामदारलाई परिचयपत्रको व्यवस्था गर्नु पर्ने भएको छ । प्रहरीले कसरी चेकजाच गर्ने भन्ने पनि निर्णयमा उल्लेख छ । निर्णयमा भनिएको छ, ‘चेकजाच गर्दा सभ्य र शिष्ट व्यवहारका साथ चेकजाच गर्ने ।’ यो निर्णयलले प्रहरी व्यवसायीसंग मिलेको स्पष्ट हुन्छ । मर्यादिप बनाउने नाममा भक्तपुर प्रहरीले हावादारी निर्णय गरेको टिप्पणी हुन थालेको छ । होटलमा आउने ग्राहकको लग बुक राख्नु पर्ने जस्ता राम्रा निर्णय पनि भएका छन् ।
                                                                                                                                                           - online khabar

    0 comments:

    Post a Comment