Tuesday, January 22, 2013

Tagged Under:

प्रधानमन्त्री आउने भएपछि घर-घरमा कालो झन्डा

By: Unknown On: 9:49 PM
  • Share The Gag
  •  प्रधानमन्त्री बाबुराम भट्टराईलाई दैलेख प्रवेशमा निषेधको घोषणा गरेको विपक्षी दलले बुधबार बिहानैदेखि सदरमुकाममा बिरोध प्रदर्शन गरिरहेका छन् । प्रधानमन्त्री भट्टराई, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु अपरान्ह दैलेख आउने कार्यक्रम छ ।

    सदरमुकामका अधिकांश घरमा कालो झन्डा टाँगिएको छ । बजारमा ठाउँ ठाउँमा टायर बालिएको छ । दैलेखको अवस्था तनावपूर्ण छ । कुनै प्रकारको मुठभेड हुन नदिन उच्च सुरक्षा सतर्कता अपनाइएको छ । बजारमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । विपक्षी दलले बजारमा प्रधानमन्त्री भट्टराई र सरकार विरुद्ध नारावाजी गरेका छन् । नेपाली सेनाको गण नजिकै काँडाचौर भन्ने स्थामा सभा राखिएको छ ।  विपक्षीले सभास्थलमै कालो झन्डा तथा विरोध जनाउने कार्यक्रम छ ।

    पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्नलाई जोगाउने प्रयास गरेपछि दैलेखवासी प्रधामन्त्रीदेखि आक्रोशित छन् ।

    0 comments:

    Post a Comment