Sunday, January 20, 2013

Tagged Under:

'लालध्वज' बनेर प्रधानमन्त्री टि्वटरमा

By: Unknown On: 5:00 AM
  • Share The Gag
  • काठमाडौं, माघ ७ - प्रधानमन्त्री बाबुराम भट्टराई आइतबारदेखि टि्वटरमा उनको भूमिगत नाम 'लालध्वज' भएर देखा परेका छन् ।
    बीआरबी अन्डरस्कोर लालध्वज नाममा देखा परेका भट्टराईले युवा हरुसँग साक्षात्कार गर्न एकाउन्ट सुरु गरेको जनाएका छन् । उनको टि्वटमा छ, 'मेरा देशवासीहरु, विशेषगरी युवा साथीहरु, हाम्रो महान देशका बारेमा आशावादी रहौं, हामीले चुनौतिहरुलाई अवसरकारुपमा बदल्नुपर्छ ।'
    प्रधानमन्त्रीले टि्वटर एकाउन्टमा चार घण्टामै करिव ६ सयले पछ्याएका छन् । टि्वटर एकाउन्ट सुरु गरेकोमा कतिपयले खुसी व्यक्त गरेका छन् ।
    प्रधानमन्त्रीकै नाममा यसअघि पनि टि्वटर एकाउन्ट खोलिएको थियो । स्वकीय सचिव विश्वदीप पाण्डेले यसअघि प्रधानमन्त्रीको टि्वटर एकाउन्ट नभएको प्रस्ट पारे ।
    प्रधानमन्त्रीले यसअघि सन् २००८ नोभेम्बरमा फेसबुक एकाउन्ट खोलेका थिए । पछि फेसबुक बन्द गरिएको छ ।

    0 comments:

    Post a Comment