Friday, February 1, 2013

Tagged Under:

८ प्रतिशत अमेरिकी नांगै सुत्छन्

By: Unknown On: 1:21 AM
  • Share The Gag
  • हालै गरिएको एक सर्भेक्षणले सयमा ८ जना अमेरिकी रातमा नांगै सुत्ने गरेका देखाएको छ । सर्भेक्षणका अनुसार ७४ प्रतिशत अमेरिकीले सुत्दाखेरी पाइजामा लगाउँछन् भने केहीले विभिन्न खालका अरु कपडा लगाउँछन् । ८ प्रतिशत भने केही पनि नलगाइकन सुत्ने गर्छन् ।

    एक कम्पनीले ३ हजार ७ सयजना अमेरिकीमा गरेको सर्भेक्षणले यस्तो देखाएको हो । सर्भेक्षण अनुसार ६५ प्रतिशत अमेरिकीले हप्तामा तीन रात मात्र मज्जाले सुत्न पाउँछन् । अरु चार रातको सुताइ उतिसारो आनन्ददायी नहुने र राम्रो निद्रा नपर्ने उनीहरुले बताए । ४७ प्रतिशतले घुर्ने मान्छेसँग सुत्नु परेको गुनासो गरे ।

    ७४ प्रतिशत अमेरिकी कोल्टे परेर सुत्दा रहेछन् । जबकी १६ प्रतिशत घोप्टो परेर र १० प्रतिशत उत्तानो परेर सुत्न गरेका सर्भेक्षणले देखाएको छ ।

    सर्भेक्षणले धेरै अमेरिकीले आफुले देखेको सपनाभुल्ने गरेको तथ्य समेत पत्ता लगाएको छ । आधाजसो अमेरिकीले आफुले रातमा देखेको सपना बिहान उठ्दा एक चौथाइ पनि सम्झिन सक्दैनन् । जबकी १० प्रतिशतले भने आफ्नो सपना हुबहु भन्न सक्छन् ।

    0 comments:

    Post a Comment