Tuesday, April 16, 2013

Tagged Under:

लौ हेर्नुहोस आन्दोलनको अनौठो शैली(video)

By: Unknown On: 3:45 AM
  • Share The Gag
  •  हामीकहाँ आन्दोलन भनेपछि बन्द, जुलुस तथा चक्काजाम र तोडफोड भन्ने बुझिन्छ । तर ताइबानका एक जना मान्छेले भने फरक ढंगमा विरोध प्रदर्शन गरेका छन् । केही समयअघि एक जना अस्ट्रेलियाली महिलाले गरेको आन्दोलनको सिको गर्दै एक ताइबानी पुरुषले रुखबास आन्दोलन सुरु गरेका छन् ।
    पाञ्चिआओ जिल्लामा एक विद्यालयको मैदान मासेर सरकारले व्यापारिक प्रयोजनका लागि स्विमिङ पुल र पार्किङ निर्माण गर्ने निर्णय गरेपछि उनी त्यसको विरोधमा उत्रिएका हुन् । उक्त आयोजना निर्माणका क्रममा विद्यालयको चौर मासिने मात्र नभई त्यहाँ भएका धेरै ठूला ठूला रुख काटिने भएकाले हाङको चित्त दुखेको हो ।
    पान हाङ चियान नामका ती व्यक्तिले सरकारको विवादास्पद विकाश आयोजनाको विरोध गर्दै रुखको टुप्पोमा बसेर धर्ना दिइरहेका छन् । गएको मार्च २८ मा रुखमा चढेका ती ४६ वर्षे व्यक्ति आफ्नो माग पूरा नभएसम्म रुखबाट नझर्ने अडानमा छन् ।
    तर विडम्बना हाङको आन्दोलनको बेवास्ता गदै स्वयं विद्यालयका पदाधिकारी र सरकारी अधिकारी मिलेर परियोजना सुरु गरिसकेका छन् र रुख काट्न सुरु गरि सकिएको छ । तथापि उनी रुखमा अड्डा जमाएपछि अहिलेभने रुख कटान रोकिएको छ ।
    हाङ र उनको अभियानमा साथ दिने व्यक्तिहरुले पार्किङ र पौडी पोखरीका लागि ठूला ठूला रुख मास्नु अविवेकी काम भएको भन्दै सरकारको योजना रद्द नभएसम्म आन्दोलन नरोकिने बताएका छन् । रुखबास गरेका हाङ लाई उनका छिमेकी र शुभेक्षुकले रुखमै चढेर खाना पानी पूराइदिने गरेका छन् ।

    0 comments:

    Post a Comment