Thursday, May 23, 2013

Tagged Under:

टङ किस घिन लाग्छ : स्मिता थपलिया

By: Unknown On: 10:43 PM
  • Share The Gag

  • चलचित्र ‘द लाष्ट किस’, ‘लभ इज लाइफ’मा अभिनय गरिसकेकी कलाकार स्मिता थपलिया अहिले नयाँ सिनेमा ‘रोमान्स’का कारण चर्चामा छिन् । विशेषगरी चलचित्रमा उनले दिएको उत्तेजक दृश्यका कारण स्मिताको चर्चा चुलिएको हो । सिनेमाको कथाले मागे अनुसारको दृश्य दिन तयार भएको बताउने स्मितासाग अनलाइनखबरका लागि विजय आवाजले गरेको कुराकानी :‘रोमान्स’मा तपाइको भूमिका कस्तो छ ?

    म यो सिनेमामा एक विवाहित महिलाको भूमिकामा छु । श्रीमान् विदेश गएपछि परपुरुषसाग मैले खुलेरै रोमान्स गरेको कथा सिनेमामा छ ।

    सिने नगरीलाई निरन्तरता दिने सोच छ कि रहर मात्र हो ?

    म सानै देखि अभिनयमा आउन चाहन्थे । यसैले निरन्तरता नै दिने सोच हो मेरो । तर ‘रोमान्स’ प्रदर्शनमा आएपछि अझ मेरो करिअर कसरी अगाडी बढ्छ भन्ने टुंगो लाग्छ ।

    ‘रोमान्स’का निर्देशक वीपी फुयाँल र तपाइको सम्बन्ध बिषयमा खुबै हल्ला चल्ने गर्छ, वास्तविकता के हो ?

    उहाँ मेरो अभिभावक हो । हामी दाजु बैनी जस्तै छौ ।

    चलचित्रमा त निक्कै हट दृश्य दिनुभएको छ त ?

    कथाले मागे अनुसारको काम गरेको हुा । मैले बेड सिन खुलेरै दिएको छु । आखिर सिनेमाको कथा पनि त्यस्तै छ नि ।

    वास्तविक जीवनमा भने कत्तिको हट हुनुहुन्छ त ?

    म वास्तविक जीवनमा भने साधारण छु ।

    नेपालको कुन हिरो एकदमै सेक्सी लाग्छ ?

    मलाई आर्यन सिग्देल र जीवन लुइटेल खुबै मन पर्छ । आर्यनको अभिनय, चञ्चलता र उसको अनुहारको त म दिवाना नै हो ।

    अनि सिनेमा को सँग खेल्न मन लागेको छ ?

    मलाई जीवन लुइटेलसाग सिनेमा खेल्ने धोको छ ।डेटिङको अफर कत्तिको आउछ ?

    डेटिङ त धेरैले जाउा भन्छन् । फेसबुकमा अधिकांशले डेटमा जाने अफर गर्छन् ।

    जीवनमा प्रेम गरिएको छ कि छैन ?

    एकजना युवकलाई गरेको छ । तर उसलाई फिल्म लाइन मनपर्दैनथ्यो । म यो क्षेत्रमा आउन चाहन्थे । यसैले हाम्रो प्रेम सम्बन्ध सुरु भएको ६ महिनामा नै ब्रेकअप भयो ।

    आफ्नो शरिरको कुन अंग सेक्सी लाग्छ ?

    मेरो ओठ एकदमै सेक्सी लाग्छ । मेरो ओठ मिलेको छ ।

    अनि सेक्सी ओठमा अहिलेसम्म कसैले चुम्बन गर्ने मौका पाएको छ कि छैन ?

    बिहे अघि त यो अवसर कसैले पाउँदैन ।

    कुन पहिरनमा एकदमै सुन्दर देखिन्छु जस्तो लाग्छ ?

    कुर्ता सुरुवालमा म एकदमै सेक्सी देखिन्छु । कुर्ता लगाउदा जसले हेर्छ उ भुतुक्कै हुन्छ ।

    कुन पुरुषलाई देख्दा चुम्बन गर्न मन लागेर आउँछ ?

    अर्जुन रामपाल देखेपछि त्यस्तो फिल हुन्छ । उसको अनुहार एकदमै सेक्सी लाग्छ मलाई ।

    के कुरा मिठो पकाउनुहुन्छ ?

    कुखुराको मासु र थुक्पा निक्कै मिठो पकाउाछु म ।

    सिनेमामा कत्तिसम्म दृश्य दिन्छु भन्ने लाग्छ ?

    म गालामा किस गरेको दृश्य त दिन सक्छु । तर टङ किस घिन लाग्छ । अरु दृश्य कथा अनुसार नै थाहा हुन्छ ।
    कस्तो सिनेमा खेल्न मन लागेको छ ?

    कलेज पढ्दै गरेकी एक युवतीको क्यारेक्टर गर्ने रुचि छ । यस्तै निक्कै दुखी युवतीको भूमिका पनि पाए गर्छु ।

    0 comments:

    Post a Comment