Tuesday, May 21, 2013

Tagged Under:

लिंग छोटो भएको भन्दै आमाले छोरा मारिन्

By: Unknown On: 9:34 PM
  • Share The Gag

  • आफैले जन्म दिएको छोरालाई मार्ने आमाको मन कस्तो हिंश्रक होला । अझ छोरा मार्नुपर्ने निहुँ पनि झनै अचम्मको । इण्डोनेसियामा एक महिलाले आफ्नो छोराको हत्या गरेकी छिन् । उनले छोराको लिंग साह्रै छोटो भएको भन्दै छोरालाई पानीमा डुबाएर मारेकी हुन् ।

    छोराको लिंग निकै सानो भएको र त्यसको खतना गरेपछि अझै खुम्चिएको भन्दै रिसको झोँकमा उनले आफ्नो ९ वर्षे छोरालाई बाथटबको पानीमा डुबाएर हत्या गरिन् । पानीमा डुबाएर मारेपछि उनले छोरालाई पानीबाट बाहिर निकालिन्, छोराको लासलाई सुकाइन् , लुगा लगाइदिइन् र ओछ्यानमा सुताइन् ।

    सानो लिंग भएका कारण छोराको भविष्य अँध्यारो हुने र उसले भविष्यमा दुख पाउने ठानेर आफुले छोराको हत्या गरेको ती महिलाले प्रहरी समक्ष बताइन् ।

    0 comments:

    Post a Comment