Thursday, May 30, 2013

Tagged Under:

पेनकिलर खाने पुरुषको यौन उत्तेजनामा गडबडी…

By: Unknown On: 8:30 PM
  • Share The Gag
  • नियमित रुपमा दुखाइ कम गर्ने औषधि पेन किलर खाने पुरुषमा यौनिक समस्या देखिने सम्भावना अत्यधिक रहने र त्यस्ता पुरुषमा लिंग उत्तेजित हुनमा समस्या पैदा हुने पछिल्लो अध्ययनले देखाएको छ । शोधकर्ताहरुका अनुसार पेनकिलर खाने पुरुषमा उत्तेजनाको गडबडी अर्थात् इरेक्टाइल डिस्फङ्सनको समस्या बढ्ता हुने गरेको छ ।
    स्पाइन नामक जर्नलमा छापिएको खबर अनुसार कम्तिमा ४ महिनासम्म उच्च डोजमा ओपिओइड्स पेनकिलर खाएका पुरुषमध्ये १९ प्रतिशतमा यस्तो उत्तेजनाको समस्या देखिएको छ । यस्तो पेनकिलर नखाने केवल ७ प्रतिशतमा मात्र यौन उत्तेजनाको समस्या भेटिएको शोधकर्ताहरुको भनाइ छ । त्यसैले पेनकिलरको नियमित सेवनले यौन उत्तेजनाको गडबडीलाई ५० प्रतिशतले बढाउने निष्कर्ष शोधकर्ताहरुले निकालेका छन् ।
    अमेरिकाको आरेगन स्वास्थ्य तथा विज्ञान विश्वविद्यालयका शोधकर्ताहरुले ११ हजार जना पुरुषमा अध्ययन गरी यस्तो निष्कर्ष निकालेका हुन् । उमेर बढ्दै जाँदा यौन उत्तेजनामा अनियमिता हुने समस्या पनि बढ्ने उनीहरुको भनाइ छ ।

    0 comments:

    Post a Comment