Thursday, May 23, 2013

Tagged Under:

काँधमा घर जुरुक्कै बोकेर हिँड्ने यी मुसाफिर (भिडियो सहित)

By: Unknown On: 8:01 PM
  • Share The Gag

  • चीनका लिउ लिगचाओ नामका यी विचित्रका यात्री वुझोउ सहरबाट केही महिनाअघि हिड्न सुरु गरेका हुन्  काँधमा घर बोकेर उनी २१ मे का दिन लिउझोउ सहर आइपुगेका छन् । आफु बस्ने घर काँधमा जुरुक्कै बोकेर हिँडिरहेका छन् उनी । महिनौ अघि उनले घर बोकेर यात्रा सुरु गरेका हुन् र अहिलेसम्म २ सय ७० माइल यात्रा पूरा गरिसकेका छन् ।

    उनले ५ वर्षअघि बाँस र प्लास्टिकले बनाएको मोबाइल घर झण्डै ५९ किलो तौलको छ । त्यसमा उनले विछौना तथा बन्दोवस्तीका केही सामान पनि राख्ने गरेका छन् ।

    यी ३८ वर्षे यात्री लक्ष्यवीहिन यात्रामा हिँडिरहेका छन् । बाटोमा हिँड्दा भेटिएका प्लास्टिकका बोतल टिप्ने र तिनै बोतल बेचेर हातमुख जोर्ने गरेका छन् यिनले ।


    0 comments:

    Post a Comment