Wednesday, July 17, 2013

Tagged Under:

तास खेलेर विश्व किर्तिमान

By: Unknown On: 10:11 PM
  • Share The Gag

  • रेकर्ड राख्ने तरिका पनि कस्ता कस्ता ? आखिर जे कुराको पनि विश्व किर्तिमान हुँदो रहेछ । अमेरिकामा मानिसहरुले तास खेलेर समेत विश्व किर्तिमान कायम गरेका छन् ।

    अमेरिकाको न्युयोर्कस्थित टर्निङ स्टोन रिसोर्ट क्यासिनोमा ६ सय जना मानिसहरु एकसाथ तास खेलेर विश्व किर्तिमान राखेका हुन् ।

    रिसोर्टमा आएका ६ सय जना पाहुनाले रातो र सेतो रेनकोट लगाएका थिए । उनीहरु जुन ठाउँमा उभिन्थे त्यहाँ पाँच मिनेट सम्म स्थिर रहनुपथ्र्यो । गिनिज बुकका अधिकारीहरु सो कार्यक्रममा पुगेर त्यसलाई विश्वका सबैभन्दा धेरै मान्छे एक साथ तास खेलेको कार्यक्रमका रुपमा प्रमाणित गरेका छन् ।

    उक्त रिसोर्टको २० औँ वाषिर्कोत्सवका अवसरमा गएको जुलाई १३ मा सो कार्यक्रमको आयोजना गरिएको छ ।

     

    0 comments:

    Post a Comment