Wednesday, July 10, 2013

Tagged Under:

Ghajini र Houseful जस्ता चर्चित बलिउड फिल्मकी नायिकाले आत्मा हत्या गरिन भिडियो सहित

By: Unknown On: 11:38 PM
  • Share The Gag

  • जेष्ठ २१, भारतको मुम्बईमा बलीउड अभिनेत्री जिया खानले आत्महत्या गरेकी छन । उनले बलिउड फिल्म इन्डष्ट्रिजमा निशब्द, गजनी र हाउसफुल जस्ता चर्चित फिल्महरूमा काम गरेकी थिइन ।
    सोमवार जियाले आफ्नो जुहू स्थित घरमा आत्महत्या गरेकी छन । जियाले आफ्नो फिल्मी करिअरको शुरुवात बलिउडका महानायक अमिताभ बच्चनका साथ ‘निशब्द’ फिल्ममा काम गरेर गरेकी थिइन ।
    यस बाहेक बलिउड अभिनेता आमिर खानका साथमा उनले फिल्म ‘गजनी’ र अक्षय कुमारका साथमा उनले फिल्म ‘हाउसफुल’ मा काम गरेकी थिइन ।
    अन्तिम पटक उनले फिल्मी पर्दामा फिल्म ‘हाउसफुल’ मा देखा परेकी थिइन । यस फिल्ममा अक्षय कुमार र जिया खान बाहेक दीपिका पादुकोण, रितेश देशमुख र लारा दत्ताले पनि अभिनय गरेका छन ।
    जिया खानको अन्तिम ट्वीट
    जिया खानले गत २३ मे का दिन अन्तिम ट्वीट गरेकी थिइन । उनले यस ट्विटमा लेखेकी थिइन ‘मलाइ माफ गर्नुहोला, केही समयका लागी ट्विटरमा देखिनेछैन, केही समय ब्रेक लिँदैछु, आफ्नो जिन्दगीमा फर्कनका लागी यस किसिमको ब्रेक लिनु आवश्यक हुन्छ ‘।
    भिडियो हेर्नुहोस्

    0 comments:

    Post a Comment