Sunday, June 2, 2013

Tagged Under:

एक रात सुतेको दश हजार डलर …

By: Unknown On: 4:40 AM
  • Share The Gag
  • फ्रान्स । फ्रान्सका एक डिजाइनर पिअरी स्टीफनले यस्तो कोठा डिजाइन गरेका छन् जसले मानिसलाई प्रकृति नजिक राख्नेछ ।
    पारदर्शी सिसाको सुन्दर डिजाइनमा सजिएको यो कोठाबाट बाहिर स्पष्ट देखिनेछ । तर यो कोठा निकै महंगो भने छ । एक रात यो कोठामा सुतेको मूल्य दश हजार डलर लाग्नेछ ।
    तर, अब फ्रान्सकै अट्रेप रेवेज होटलले आफ्ना पाहुनालाई यो सुविधा फ्रान्सको सुन्दर स्थान अलाँच र पुगेट विलेमा उपलव्ध गराउने भएको छ। यो कोठाको चौडाई १३ फिट र उचाई १० फिट छ । यसमा एउटा किंग साइज बेड, टेबुल नाइट ल्याम्पका साथ सिंक शावर एरिया पनि छ । कोठाबाहिर काठको एउटा आउट हाउस र त्यसमा जानका लागि अलग्गै बाटो पनि छ। एजेन्सी

    0 comments:

    Post a Comment