Sunday, June 2, 2013

Tagged Under:

शरीर बाहिर मुटु भएको बच्चाको जन्म….

By: Unknown On: 4:38 AM
  • Share The Gag
  • भारतको विहारमा शरीर बाहिर मुटु भएको एक बच्चा जन्मिएको छ । विहारको सीवान जिल्लाको नारायणपुर गाउँमा उक्त बच्चाको जन्म भएको हो । भारतको स्वतन्त्रता दिवस अर्थात् अगस्ट १५ तारिखको दिन स्थानीय रिना देवी र राघो भगत सन्तानको रुपमा उक्त बच्चाको जन्म भएको हो ।
    पटनाको रेनबो अस्पतालका डाक्टरले उक्त बच्चामा इक्टोपिया कोर्डिसको लक्षण देखिएको बताएका छन् । उक्त बच्चालाई अप्रेशन गरेर बचाउने कोशिस गरिएको बताइएको छ ।
    डाक्टरहरुले बच्चामा त्यस्तो समस्या कुपोषण, वंशाणुगत रोग र फोलिक एसिडको कमीबाट हुने जनाएका छन् । तथापी उक्त किसिमको रोगको यकिन तथ्य भने पत्ता नलागेको बताइएको छ

    0 comments:

    Post a Comment