Thursday, July 4, 2013

Tagged Under:

चिहानबाट निकालेर बालिकाको बलात्कार

By: Unknown On: 10:19 PM
  • Share The Gag
  • चिहानबाट निकालेर बालिकाको बलात्कार

    चिहानमा गाडिएकी बालिकाको शवलाई निकालेर एक व्यक्तिले बलात्कार गरेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तस्थित गुज्रनवालास्थित चिहानमा अन्तिम संस्कार गरिएकी बालिकाको शवलाई चिहानबाट निकालेर एक अज्ञात व्यक्तिले ती बालिाकको शवसँग यौन सम्पर्क गरेका हुन् ।

    नुहाउँदा करेन्ट लागेर मंगलबार ज्यान गुमाएकी ती ६ कक्षामा पढ्ने बालिकाको नाम गोप्य राखिएको छ । समाधिस्थ गरिएको अर्को दिन जब ती बालिकाका बुवाआमा प्रार्थना अर्थात् फतेहाका लागि त्यस ठाउँमा पुगे तब उनीहरुले आफ्नी छोरीको शव चिहानबाट बाहिर निकालिएर नजिकै राखिएको देखे । छोरीको शवको स्थिति हेर्दा उनीहरुले आफ्नी छोरीको शवमाथि बलात्कार गरिएको थाहा पाए ।

    चिहानबाट शव निकालेर बलात्कार गरेको घटनाको विरोधमा ती बालिकाका बुवाआमा तथा आफन्तले प्रदर्शन तथा चक्काजाम समेत गरे । पछि प्रहरी अधिकारीहरु घटनास्थल पुगेर दोषीलाई कारवाही गर्ने आश्वासन दिए ।

    प्रहरीले बालिकाको अन्तिम संस्कार गर्दा चिहान खन्ने काममा संलग्न मान्छेहरुलाई सोधपुछका लागि नियन्त्रणमा लिएको बताइएको छ ।

    0 comments:

    Post a Comment