Thursday, July 4, 2013

Tagged Under:

पुलिसको नाकमा चुम्बन गर्दा आमैलाई आपत्

By: Unknown On: 10:21 PM
  • Share The Gag

  • उमेर बुढो भएपनि मन बुढो हुन्न भन्ने उखानै छ । यो दुनियाका मान्छेले बुढो तन हुँदाहुँदै पनि रंगीला काम नगर्दा हुन् त यस्तो उखानै बन्ने थिएन होला । अझ बिजुली पानीको नशा चढेपछि त के चाहियो र ? अमेरिकाकी एक ६२ वर्षकी हजुरआमाले पनि यो कुराको पुष्टि गरेकी छिन् ।

    ३ बिस उमेर काटेकी ती महिलाले रक्सीको नशामा लटि्ठएर एक जना प्रहरीलाई चुम्बन गरिन्, त्यो पनि नाकमै । अमेरिकाको फ्लोरिडामा भएको यो घटनामा पेग्गी हिल नामकी महिला इच्छा विपरित पुलिसको नाकमा चुम्बन गरेको आरोपमा पक्राउ समेत परिन् ।

    छिमेकीसँग झगडा परेपछि त्यो झगडा मिलाउन प्रहरी ती महिलाको घरमा पुगेको थियो । झगडा मिल्यो र दुइ घरको बीचमा तारबार लगाउने सहमती भयो । पुलिस आउनुअघि नै रक्सी धोकेकी ती महिलाले छिमेकीसँग सहमती भएको खुसीयालीमा त्यहाँ उपस्थित एक जना पुरुष प्रहरीको नाकमै किस गरिन् ।

    विचरा ती पुलिस लाजले रातो हँुदै आफ्नो नाकमा लागेको बुढीआमैको र्याल पुछ्न थाले अनि माथिको आदेश मुताविक ती महिलालाई हतकडी लगाइहाले ।

    प्रहरीको नाकमा चुम्बन गरेको अभियोगमा ती महिलालाई जुलाई १९ मा अदालतमा उपस्थित गराइनेछ ।

    0 comments:

    Post a Comment