Saturday, July 6, 2013

Tagged Under:

झारफुकको निहुँमा मन्दिरका पुजारीद्वारा बालिका बलात्कृत

By: Unknown On: 9:27 PM
  • Share The Gag
  •  भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

     जनकपुर । धनुषाको रमदैया गाविसस्थित राजदेवी मन्दिरका पुजारीले झारफुक गर्ने बाहानामा बालिकालाई बलात्कार गरेको रहस्य खुलेको छ । मन्दिरका पुजारी ४५ बर्षका रामपुकार यादबले १३ बर्षकी एक बालिकालाई बलात्कार गरेको खुलासा भएको हो ।
    असार १८ गते भएको घटना दुईदिन पछि बिहीबारमात्र सार्वजनिक भएको हो । स्थानीय सपही गाविस-४ बस्ने ती बालिकालाई पेट दुखेपछि झारफुकका लागि सो मन्दिरका पुजारीकहाँ उनकी आमाले पुर्‍याएको र पुजारीले आमालाई झारफुकका लागि सामान किन्न पठाएर बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।
    पछि झारफुकको सामान लिएर त्यहाँ आएपछि घटनाबारे आमाले थाहा पाएर होहल्ला गरेपछि पुजारी भागेका थिए । गम्भीर अवस्थामा बालिकालाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल ल्याइएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक गोविन्द पुरीले जानकारी दिनुभयो ।
    आक्रोसित स्थानीयवासीले पुजारी यादवले झारफुकको नाममा पटकपटक यस्तो कार्य गर्दै आएकाले पुजारीलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।
    फरार पुजारीको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
       



    भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

    0 comments:

    Post a Comment