Monday, May 6, 2013

Tagged Under:

नेपाली महिलाद्वारा कुबेतको जेलभित्रै आत्महत्या

By: Unknown On: 7:44 PM
  • Share The Gag
  • २३ बैशाख, काठमाण्डौ । कुवेतमा एक नेपाली महिलाले जेलभित्रै आत्महत्या गरेकी छिन् । नाम नखुलाइएकी ३५ वर्षकी नेपाली महिलाले सुलाइबियामा रहेको केन्द्रिय कारागारभित्रै आत्महत्या गरेको अरब टाइम्स अनलाइनले जनाएको छ । महिलाले आत्महत्या गरेकेा खबर पाउनासाथ जेलका कर्मचारी सहितको चिकित्सक टोली घटनास्थल पुगेको र अहिले उनको शवलाई पोष्टमार्टमा लागि अस्पताल लगिएको समाचारमा उल्लेख छ । नेपाली महिलाले आत्महत्या गर्नुको खास कारण नखुलेको र घटनाको अनुसन्धान भैरहेको समाचार छ ।

    0 comments:

    Post a Comment