Sunday, May 19, 2013

Tagged Under:

ठेगान मा आउने भए करोडपति 'डन' विशेष अदालतमा मुद्दा, कुन डन धनी ?

By: Unknown On: 10:49 PM
  • Share The Gag
  • काठमाडौं, जेष्ठ ५ - सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अकुत सम्पत्ति आर्जन गरेका पाँच जना डनविरुद्ध विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको छ ।

    विभागले डनहरु दीपक मनाङ्गे, पर्शुराम बस्नेत, चक्रे मिलन, गणेश लामा र अभिषेक गिरीविरुद्ध मुद्दा दायर गरेको विशेष अदालतका रजिष्ट्रार धीरबहादुर चन्दले जानकारी दिए ।

    डनहरुले आर्जन गरेको सम्पत्ति ठेक्कापट्टाको कमिसन, व्यपारीलाई धम्क्याएर लिने गरेको दस्तुरी, तस्करीको कमिसनलगायतको रहेको अभियोगपत्रमा दाबी गरिएको छ । विभागले स्रोत नखुलेको सम्पत्ति तथा घरजग्गा जफत गर्न मागदाबी गरेको छ ।



    धीरबहादुर चन्द, रजिष्ट्रार, विशेष अदालत

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले डनहरुको सम्पत्ति स्रोतबारे तीन वर्षदेखि अध्ययन गरिरहेको थियो । विजयकुमार गच्छदार गृहमन्त्री रहेकैबला प्रतिवेदन बुझाए पनि थप अनुसन्धान गर्न भन्दै फर्काइएको थियो ।

    अन्तरिम मन्त्रिपरिषद्का गृहमन्त्री माधव घिमिरेले नियुक्तिलगत्तै विभागको अनुसन्धान कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए । विशेष अदालतका रजिष्ट्रार चन्दका अनुसार आइतबार दर्ता भएका पाँचसहित

    अभियोग प्रमाणित भए एकदेखि चार वर्ष कैद, बिगो र त्यसबराबरकेा जरिवाना बुझाउनुपर्दछ । गणेश लामाका आमाबाबु र दुई जना भाइ तथा अन्य चार जना डनका श्रीमतीसमेतलाई प्रतिबादी बनाइएको छ ।

    कुन डन धनी ?

    गणेश लामा- २७ करोड, १ लाख ६१ हजार ५८ रुपैयाँ ६० पैसा

    दीपक मनाङ्गे- १४ करोड ७३ ३१ हजार ८ सय ६ रुपैयाँ

    पर्शुराम बस्नेत- ११ करोड ६१ लाख ४१ हजार ९ सय ७७ रुपैयाँ ३७ पैसा

    चक्रे मिलन- ७ करोड ७ लाख १७ हजार २ सय २६ रुपैयाँ ४१ पैसा

    अभिषेक गिरी- २ करोड, ९४ लाख ४६ हजार ५ सय ८८ रुपैयाँ ७२ पैसा
    अहिलेसम्म २५ वटा सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भएका छन् । 'तीमध्ये ११ वटा फैसला भएको छ,' उनले भने, 'सवैमा सरकार पक्षको जीत भएको छ ।'

    0 comments:

    Post a Comment