Monday, May 6, 2013

Tagged Under:

आम्मै ! कत्रो नाक ? (फोटोफिचर सहित)

By: Unknown On: 4:28 AM
  • Share The Gag
  • कसैलाई राम्रो काम गरे वापत केही प्रस्वंसा गर्दा खुशी भए हेरन नाक बढेर कत्रो भएको भन्ने चलन छ, त्येस्तै  नाक ठूलो हुनेलाई घिरौँला नाके भन्ने पनि चलन छ । अझ बाहुन जातका मान्छेलाई ठूलो नाक भएकाले होच्याउँदै नाक तिखो भएको भन्ने उपाधि नै दिइन्छ । तर नेपालका बाहुनको नाक यी मान्छेको भन्दा त निकै छोटो सावित भएछ ।
    टर्कीका एक जना मान्छेको नाक यति ठूलो छ कि हामीकहाँ घिरौँला नाके भन्नेलाई उनले सजिलै फ्लप ख्वाइदिन्छन् । मेहमेत ओजिरेक नामका ती पुरुषको नाक विश्वमा सबैभन्दा लामो नाक हो र उनले लामो नाकका कारण गिनिज बुकमा नाम लेखाउन सफल पनि भएका छन् ।

    उनको नाक ८.८ से.मी. अर्थात् ३.४६ इन्च लामो छ । सन् २०१० को मार्च १८ मा पहिलोपटक इटालीमा आयोजित एक कार्यक्रममा उनको नाक नापेपछि त्यसले अन्तराष्ट्रिय मान्यता पाउँदै गिनिज बुकमा नाम लेखाएको हो ।

    0 comments:

    Post a Comment