Friday, May 3, 2013

Tagged Under:

अब कपडा धुनै नपर्ने, सय दिनसम्म नधोइ लगाउन मिल्ने

By: Unknown On: 5:03 AM
  • Share The Gag

  • अमेरिकामा यस्तो अभूतपूर्व शर्ट बनाइएको छ जो नधोइकन १ सय दिनसम्म लगातार लगाउँदा पनि फोहोर हुँदैन र इस्त्री लगाउनु नपर्ने भएको ले
    लुगा धुन फुर्सद नभएका तथा जाँगर नचल्नेहरुका लागि खुसीको खबर छ ।
    ऊनी सहितको उक्त शर्ट रिंकल फि्र अर्थात् नखुम्चिने र कडा परिश्रम पछि पनि यसबाट पसिनाको गन्ध पनि नआउने खालको रहेको दाबी उत्पादकको रहेको छ ।

    अमेरिकी कम्पनी वुल एण्ड पि्रन्सका अनुसार यो धर्के शर्ट अघाउञ्जी लगाउँदा समेत खुम्चिँदैन, गन्ध आउँदैन । सधै धोएजस्तै फ्रेस देखिन्छ । कटनभन्दा ऊनी ६ गुणा खपाउ भएको र यसले मुज्जा तथा गन्ध समेत प्रतिरोध गर्ने भएकाले यसमा कुनै पनि रसायनको प्रयोग गर्नु नपर्ने दाबी उसको छ ।

    निकै मीहिन ऊनीको धागोबाट बुनेर यो शर्ट तयार पारिएको छ । एउटा शर्टको मूल्य ९८ अमेरिकी डलर पर्ने बताइएको छ ।

    0 comments:

    Post a Comment